१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने

संकट आउनसक्छ भन्दै सुदूरपश्चिम सरकारले भन्यो- लकडाउन लम्ब्याउँ

संकट आउनसक्छ भन्दै सुदूरपश्चिम सरकारले भन्यो- लकडाउन लम्ब्याउँ
अ अ+ अ-

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले त्यस क्षेत्रमा पछिल्लो समयमा कोरोनाका संक्रमित बढ्दै गएको भन्दै लकडाउनको अवधि लम्ब्याउन माग गरेको छ । उसले केन्द्र सरकारलाई सो सिफारिस गरेको हो।

शनिबार मात्र कैलालीको एक स्थानीय व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश सरकारको उच्चस्तरीय समितिले लकडाउनको अवधि लम्ब्याउने निष्कर्ष निकालेको छ । यसअघि विदेशबाट नेपालमा आएका नागरिकामा मात्र संक्रमण देखिएकोमा कैलालीमा भने पहिलो पटक एक नेपालीबाटै अर्काेमा सरेको पाइएको छ । त्यसपछि सुदूरपश्चिम क्षेत्रमा तनाव उत्पन्न भएको प्रदेश सरकारले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री प्रकाश शाहले संक्रमण थप फैलिन नदिन लकडाउन अवधि लम्बाउने निष्कर्षसहित केन्द्र सरकारलाई सिफारिस गरिएको बताएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणको प्रयासमा सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन गरेको छ । लकडाउनको अवधि यही चैत २५ गते सकिँदैछ ।

लकडाउनको अवधि लम्बिने चर्चा चलिरहेको बेला शनिबार बसेको संघीय मन्त्रिपरिषद बैठकले त्यसबारे कुनै निर्णय नगरे पनि यसको अवधि भोलि एकदिन रहेकोले भोलि नै सरकारले यसबारेमा निर्णय गर्ने बुझिएको छ । बरु संक्रमण थप फैलिन नदिन सरकारले एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्म आउ–जाउ गर्न रोक लगाउने निर्णय गरेको छ ।