२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा चार नेपालीको मृत्यु



अ+ अ-

काठमाडौँ । अमेरिकामा दुईजना नेपालीको मृत्यु भएको छ । उनीहरुको केही समयदेखि विरामी रहेका र आफ्नो निवासमा नै आराम गरिरहेका बेला निधन भएको बताइएको छ । अमेरिकामा चार नेपालीको मृत्यू भएको समाचार त्यहाँका स्थानीय मिडियाले दिएका छन्। मुस्ताङ घर भई न्युयोर्कको क्वीन्समा बस्ने सोनाम लामा र ज्याक्सन हाइट बस्ने थोंग्वेन विष्ट, अजय छोंचन, निमा टेम्बा शेर्पाले ज्यान गुमाएका छन् ।

सोनाम अन्दाजी ४० बर्षका रहेका थिए। ज्याक्सन हाईटमा एक्लै बस्दै आएका उनी केही दिनदेखि बिरामी भएर घरमा आरम गरिरहेका थिए। उनको मृत्यु कोरोना संक्रमणकै कारण भएको अनुमान गरिएपनि रिपोर्ट आउन भने बाँकी रहेको छ।

झण्डै १८ बर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको परिवार नेपालमा रहेको जनाइएको छ। उनको शव प्रहरीले लगेर गएको छ। उनका आफन्तहरु अमेरिकामा छैनन्। त्यस्तै झण्डै १२ बर्षदेखि अमेरिकामा बस्दै आएका थोंग्वेनको पनि ज्याक्सनहाइटमा बस्दै आएको अपार्टमेन्टमा मृत्यु भएको हो। थप विवरण आउन बाँकी रहेको छ। अमेरिकाका लागि राजदूत डा अर्जून कार्कीले घटनाको पुष्टि गरेका छन् । त्यहाँ रहेका नेपालीहरुले उनीहरुको मृत्यु कोरोनाका कारण भएको बताएका छन् । तर पुष्टि भने हुन नसकेको दूताबासले जनाएको छ ।