१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

हमासद्वारा इजरायली बन्धकहरूको हस्तान्तरण सुरु, युद्धविराम कार्यान्वयनतर्फ ठूलो कदम



People gather at Hostage Square in Tel Aviv as they wait for the release of Israelis still held in Gaza early on October 13, 2025. Hamas was set to release all surviving hostages on on October 13 in exchange for Palestinian prisoners held by Israel, as US President Donald Trump headed to the region for a peace summit having declared the war “over”. Trump’s lightning visit to Israel and Egypt aims to celebrate his role in brokering last week’s ceasefire and hostage release deal — but comes at a precarious time as Israel and Hamas negotiate what comes next. (Photo by Menahem KAHANA / AFP)
अ+ अ-

एजेन्सी । हमासले सोमबार गाजामा रहेका २० जीवित इजरायली बन्धकहरू मध्ये पहिलो सातजनालाई अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिहरूलाई हस्तान्तरण गरेको छ । यस घटनाले तेल अभिवमा हर्षोल्लासको वातावरण सिर्जना गरेको छ । त्यहाँ बन्धक परिवारहरूलाई समर्थन गर्न सयौँ मानिस होस्टेज स्क्वायरमा भेला भएका थिए ।

दुई वर्ष लामो विनाशकारी युद्धपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा सम्पन्न युद्धविराम सम्झौताअन्तर्गत हमासले इजरायलमा बन्दी बनाइएका प्यालेस्टिनी कैदीहरूको सट्टामा सबै बाँचेका बन्धकहरूलाई क्रमिक रूपमा रिहा गर्ने वाचा गरेको छ । ट्रम्पले युद्ध ‘समाप्त भएको’ घोषणा गर्दै यही सम्झौताको कार्यान्वयनको निरीक्षणका लागि क्षेत्रीय भ्रमण सुरु गर्नुभएको छ ।

“रेडक्रसका अनुसार सात जना इजरायली बन्धकलाई आफ्नो हिरासतमा लिइसकेको छ र तिनीहरूलाई गाजा पट्टीबाट आइडिएफ र आइएसए सेनाको जिम्मामा ल्याइँदैछ”, इजरायली सेना र सुरक्षा सेवाले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, “आइडिएफ थप बन्धकहरू प्राप्त गर्न तयार छ, जसलाई पछि रेडक्रसको माध्यमबाट स्थानान्तरण गरिने अपेक्षा गरिएको छ ।”

तेल अभिवमा बन्धकहरू मुक्त भएको खबर सुनेपछि भावनात्मक दृश्य देखिएको थियो । होस्टेज स्क्वायरमा भेला भएकामध्ये नोगा नामकी एक महिलाले भन्नुभयो, “म खुशी र पीडाबीच छु — खुशी छु कि केही फर्किए, तर हृदयभरी पीडा छ ती नफर्किएका प्रियजनहरूका लागि ।”

सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको अभूतपूर्व आक्रमणमा एक हजार २१९ जना मानिस मारिएका थिए, जसमा अधिकांश नागरिक थिए । त्यस दिन हमासले २५१ जना इजरायलीहरूलाई बन्धक बनाएको थियो । तीमध्ये अधिकांश बन्धक पछि क्रमशः मुक्त भए पनि ४७ जना अझै पनि युद्ध सुरु हुनुअघि सम्म बन्धककै रूपमा रहेका थिए । उनीहरूको परिवारहरूले लामो समयदेखि पीडा र अनिश्चितताको जीवन बिताउँदै आएका छन् ।

गाजामा पनि युद्धविरामले केही राहत दिएको छ, तर युद्धले सहरका ठूला भागहरू ध्वस्त बनाइदिएको छ । ३८ वर्षीया फातिमा सलेमले गाजा सहरमा आफ्नो भग्नावशेष बनेको घर फर्किएपछि भन्नुभयो, “म शेख रादवान फर्किंदा काँपिरहेकी थिएँ । मैले गुमाएको ठाउँहरू खोजिरहेकी थिएँ— केही पनि उस्तै थिएन । छिमेकीका घरहरू समेत हराइसकेका थिए । थकान र डरबीच पनि मलाई लाग्यो, म मेरो घर फर्किएकी छु । अहिले यो केवल भग्नावशेष हो, तर हामी यहीँ एउटा पाल हालेर पुनर्निर्माणको प्रतीक्षा गर्नेछौँ ।”

यसबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल र इजिप्ट भ्रमणको सुरुआत गर्नुभएको छ । उहाँको भ्रमणको उद्देश्य युद्धविराम र बन्धक मुक्तिको सम्झौतामा आफ्नो मध्यस्थ भूमिकाको सफलता मनाउनका साथै आगामी शान्ति प्रक्रियालाई अघि बढाउनु रहेको छ । ट्रम्पले एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै भन्नुभयो, “मलाई लाग्छ यो युद्धविराम कायम रहन्छ । मानिसहरू युद्धबाट थकित भइसकेका छन् — यो शताब्दीयौँदेखि चल्दै आएको सङ्घर्ष हो, अब अन्त्यको समय आएको छ । युद्ध समाप्त भयो, ठिक छ रु तपाईं त्यो बुझ्नुभयो रु”

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयका प्रवक्ताले सोमबार बिहानसम्म सबै २० जना जीवित बन्धक रेडक्रसमार्फत रिहा हुने अपेक्षा गरिएको बताए । इजरायलले तिनीहरूको सुरक्षित हस्तान्तरण पुष्टि भएपछि करिब दुई हजार प्यालेस्टिनी कैदीको रिहाइ सुरु गर्नेछ ।

ट्रम्पले सेप्टेम्बरमा सार्वजनिक गरेको २० बुँदे शान्ति योजनाको कार्यान्वयनका सन्दर्भमा यो भ्रमणलाई ‘ऐतिहासिक क्षण’ का रूपमा चित्रण गर्नुभएको छ । वासिङ्टन नजिकैको जोइन्ट बेस एन्ड्रुजबाट प्रस्थान अघि उहाँले भन्नुभयो, “यो क्षणको लागि सबैजना अत्यन्त उत्साहित छन् ।”

तर सम्झौताका केही अन्तिम विवरणहरूमा अझै मतभेद रहेको बताइन्छ । दुई हमास स्रोतका अनुसार समूहले इजरायलसँग भएको आदानप्रदान सूचीमा सात वरिष्ठ प्यालेस्टिनी नेताहरूको नाम समावेश गर्न आग्रह गरिरहेको थियो, जसलाई इजरायलले अस्वीकार गरेको बताइएको छ । तथापि, स्रोतहरूले सबै जीवित बन्धकहरूको हस्तान्तरणका लागि तयारी पूरा भएको जनाएका छन् । इजरायलले भने सबै मृत बन्धकहरूको अवशेष सोमबारमै फिर्ता हुने अपेक्षा गरेको छैन ।

सम्झौताअनुसार हमासले बाँकी ४७ जना बन्धक र सन् २०१४ को युद्धमा मारिएका एक इजरायली सैनिकको अवशेष पनि हस्तान्तरण गर्नेछ । इजरायलले फिर्ता गर्ने २५० कैदीमध्ये धेरैजना सुरक्षासम्बन्धी अपराधमा दोषी ठहरिएका छन् भने युद्धका क्रममा गाजामा इजरायली सेनाले करिब एक हजार ७०० जनालाई हिरासतमा लिएको थियो ।

इजरायल भ्रमणपछि राष्ट्रपति ट्रम्प इजिप्ट पुग्ने कार्यक्रम रहेको छ । त्यहाँ उहाँ र राष्ट्रपति अब्देल फताह अल–सिसीले २० भन्दा बढी विश्व नेताहरू सहभागी हुने गाजा शान्ति शिखर सम्मेलनको सह–आयोजना गर्नुहुनेछ । सम्मेलनको उद्देश्य गाजा युद्धको अन्त्य र मध्यपूर्वमा दीर्घकालीन शान्ति स्थापनाका प्रयासलाई बलियो बनाउनु हो ।

ट्रम्पले आफ्नो प्रस्तावित योजनाअन्तर्गत गाजाका लागि नयाँ प्रशासकीय निकाय ‘छिट्टै’ गठन हुने बताउँदै यस निकायलाई अमेरिकी नेतृत्वमा स्थापित बहुराष्ट्रिय संयन्त्रले सहयोग गर्ने स्पष्ट गर्नुभएको छ ।

संयुक्त राष्ट्रसङ्घले विश्वसनीय ठानेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरायली आक्रमणका कारण कम्तीमा ६७ हजार ८०६ जनाको ज्यान गइसकेको छ । उक्त तथ्याङ्कमा नागरिक र लडाकुबीच छुट्याइएको छैन, तर मृतकमध्ये आधाभन्दा बढी महिला र बालबालिका रहेको अनुमान गरिएको छ ।