२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठक बस्दै, कम्तिमा एक साता लकडाउन लम्ब्याउने तयारी



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले सोमबार दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

स्रोतका अनुसार सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन लम्ब्याउने भएको छ । आइतबार बसेको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको बैठकमा पनि यसबारे छलफल भएको थियो ।

केन्द्र्र सरकारलाई सुदूरपश्चिम सरकारले पनि लकडाउन लम्ब्याउन सिफारिस गरेका बेला मन्त्रिपरिषद् बैठकले कम्तिमा एक साता बढी लकडाउन लम्ब्याउन सक्नेछ । नेपालमा कोरोना संक्रमितको संख्या थपिएपछि यसलाई ८ दिन लम्ब्याइएको छ, जुन २५ गते १२ बजेसम्म रहनेछ ।

तर यो बीचमा कैलालीको धनगढी–५ मा विदेशबाट आएका एक संक्रमितको परिवारका सदस्यमा पनि कोरोना संक्रमण देखिएको छ भने भारतबाट आएका दुई जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।