१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान

कीर्तिपुर नगरपालिकाद्धारा राहत कोष स्थापना, थप सहयोगका लागि आह्वान

कीर्तिपुर नगरपालिकाद्धारा राहत कोष स्थापना, थप सहयोगका लागि आह्वान
अ अ+ अ-

कीर्तिपुर । कीर्तिपुर नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा राहतको व्यवस्थापन गर्नका लागि आकस्मिक राहत कोष २०७६ स्थापना गरेको छ । नगरपालिकाले आइतबार रु ५० लाख राखेर कोष स्थापना गरेको जनाएको छ । कोषमा सहयोगी मनलाई रकम जम्मा गर्न नगरपालिकाले आग्रहसमेत गरेको छ ।

नगरपालिकाका उपप्रमुख सरस्वती रिजालका अनुसार गत शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले आकस्मिक राहत कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७६ पारित गरिसकेको छ । कोषमा जम्मा हुने रकमको खर्च गर्ने कार्यविधिसमेत तयार गरिएको छ ।

इच्छुक राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संघसंस्था, गैरआवासीय नेपाली, स्वेदशी तथा विदेशी दाता निकाय, उद्योग, व्यवसायीलगायत सहयोगी मनलाई नगरपालिकाका नाममा राष्ट्रिय वाणिज्य बैंक, कीर्तिपुर शाखाको खाता नं १७००३०४०३८३०३ मा नगद तथा वस्तुगत वा खाद्य सामग्री सहयोग गर्न चाहने व्यक्ति वा संस्थालाई नगरपालिकाको विपद् व्यवस्थापन शाखामा सम्पर्क गरी सहयोग गरिदिन नगपालिकाले अनुरोध गरेको छ ।

यसैबीच नगरपालिकाले दश वटै वडामा पाँच सय क्षमताको क्यारेन्टाइन तथा त्रिविको विज्ञान कक्षमा ५० जना क्षमताको आइसोलेशन वार्ड निर्माण गरिसकेको छ । हाल उक्त कक्ष खाली नै छ । रासस