२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा पनि यस्तो ! अस्पतालले मृत भन्यो, परिवारले शोक मनाए, तर विरामी जिवीतै



अ+ अ-

अमेरिका । कोरोना संक्रमणबाट अमेरिकामा निधन भएको भनिएका ब्याक्ती जीवितै रहेको खुलासा भएको छ । संक्रमणका कारण ज्यान गुमाएका भनिएका ङिमा टेम्बा शेर्पा जीवितै रहेको निजका दाजु ल्हाक्पा युला शेर्पाले खुलासा गरेका हुन् ।

अमेरीकाको न्युयोर्क शहरमा बस्दै आएका ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, ङिमा टेम्बा शेर्पा र अजयमान छोचुको निधन भएको खबर राष्ट्रिय समाचार समितिले प्रविष्ट गरेको थियो। संक्रमणका कारण ज्यान गुमाएका भनिएका शेर्पाको परिवारलाई बिरामी काम नलाग्ने अवस्थामा पुगेको जानकारी दिएपछि उनको नाममा परिवारले पूजापाठ लगाएको थियो भने इन्टरनेट सामाजिक सञ्जालहरुमा श्रद्धाञ्जली समेत दिइएको थियो। तर आज बिहान अस्पतालमा सम्पर्क गर्दा ङिमाको मुटु चलिरहेको जानकारी प्राप्त भएको दाजु ल्हाक्पाले उल्लेख गरेका छन्।

अस्पतालले दिने सूचनामा भर पर्नुपर्ने भएकाले ङिमाका सम्बन्धमा उत्पन्न भएको द्विविधाप्रति उनका आफन्तजनले क्षमा मागेका छन्। ‘सामाजिक सञ्जाल फेसबुकमार्फत भाइको मृत्युको खबर साथीभाइ, आफन्त तथा शुभचिन्तकलाई आफैंले दिएका हौं’ निमाका दाजु ल्हाक्पाले भने, ‘हामीले मृत आत्माको चीर शान्तिको कामना गर्दै पुजापाठ समेत सुरु गरेका थियौं।’

ल्हाक्पा शेर्पाले अस्पतालले निमालाई बचाउन नसकिएको खबर आफूहरुले पाए अनुसार नै हामीले उनको चीर शान्तिका लागि सबैलाई खबर गरेका थियौँ, उनले भनेका छन्, ‘हामीले दिएको जानकारी अनुसार नै शुभचिन्तकहरुले श्रद्धाञ्जलीसमेत लेखेका हुन्, हाम्रै गल्तीले यसो भएकाले यसलाई हामी अन्यथा लिँदैनौं । आफूहरु पनि अस्पतालकै सूचनाको भर पर्नुपर्ने भएकाले यसबाट हुन गएको दुबिधाप्रति क्षमायाचना गरेका छन् ।

उनले भनेका छन्,‘हामी सबैले उहाँको स्वास्थ्य लाभका लागि प्रार्थना गरौं।’ वाणिज्य दूतावास न्यूयोर्कका कार्यबाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले आफूलेसमेत निमाका दाजु र अन्य आफन्तसँग कुराकानी गरेर पक्का भएपछि मात्रै खबर सार्वजनिक गरेको स्वीकारेका छन्। उनले त्यही आधारमा पत्रकारलाई सूचना दिएको उल्लेख गरेका छन्।