२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी नागरिक हुनुको पीडा ! यस्तो बेलामा अमेरिका उडे सरोज खनाल



अ+ अ-

काठमाडौँ । पछिल्ला केही दिनमा कोरोनाको इपिसेन्टर नै अमेरिका होलाजस्तो देखिएको छ । त्यहाँ ३ लाख भन्दा बढी नागरिक संक्रमित भएका छन् भन् ज्यान जानेको संख्या पनि ९ हजार नाघेको छ । यस्तो बेलामा उता रहेका नेपालीले पाए त नेपालै आउन खुबै खोजेका छन् । तर पनि नेपालमा सुरक्षित रहेका नायक सरोज खनाल भने अमेरिका उडेका छन् । नेपालमा रहेका अमेरिकी नागरिकलाई पनि अमेरिकाले स्वदेश फर्काएको छ । त्यही समूहमा अभिनेता सरोज खनाल पनि आइतबार अमेरिका उडेका हुन् ।

अभिनेता खनाले नेपालको चलचित्र क्षेत्रका एकजना नाम कमाएका र नेपाली दर्शकले रुचाएका व्यक्ति हुन् । उनी आफ्ना परिवारसहित अमेरिकामा बस्दै आएका छन् । सरोज आफैँमा अमेरिकी नागरिकताधारी व्यक्ति हुन् । त्यसैले उनी आफ्नो परिवार भेट्नको लागि अमेरिकाले चार्टर गरेको विमान चडेर उनी अमेरिका उडेका छन् । उनको परिवार अमेरिकाको भर्जिनियामा बस्दै आएका छन् । सरोज केही वर्षदेखि नै अमेरिका बस्दै आएका हुन् । त्यसो त उनी तीन वर्षअघि अमेरिकी नागरिकता त्यागेर आफ्नो मातृभूमि फर्किएको बताएका थिए । यति बेला उनी नेपालमै बसिरहेका थिए । तर पनि अहिले आफ्नो परिवारका कारण यस्तो बेलामा फेरि अमेरिका फर्किएका छन् । उनी हिजो विमानस्थलबाट अमेरिकातर्फ जाँदै गरेको तस्बिर देखेपछि सामाजिक सञ्जालमा यस्तै यस्तै प्रश्नहरु उब्जिएको देखियो । यस्तै प्रश्नहरुकैबीचमा सामाजिक सञ्जालमा मानिसहरुबीच बहस देखिन्थ्यो सरोजले नेपाली माटोलाइ चिनेनन् कि माटोले उनलाई चिनेन ?