२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईमा थप ३ जना नेपालीमा कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । युएईमा थप ३ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै युएईमा कोरोना संक्रमित नेपालीको सख्या ११ पुगेको युएई स्थित नेपाली दूतावासले जनाएको छ।

युएई स्थित नेपाली दूतावासका अनुसार हालसम्म यूएईमा २ जना नेपाली उपचार पश्चात निको भइसकेका छन् भने ९ जनाको स्थिति सामान्य अवस्थामा उपचार भइरहेको जनाएको छ।

अहिलेसम्म यूएईमा १७९९ कोरोना जना संक्रमित भएका छन्। संक्रमितमध्ये १४४ जना उपचारपश्‍चात निको भएका छन् भने १० जनाको मृत्‍यु भएको छ।