२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

देश बचाउन जनता जाग्नुपर्छः अध्यक्ष केसी



फाईल फोटो
अ+ अ-

चितवन। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश बचाउनका लागि जनता जाग्ने समय आएको बताउनुभएको छ ।

अखिल नेपाल जनजाति सम्मेलनको पाँचौँ महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष केसीले देशमा विदेशी चलखेल बढेको भन्दै जनता जाग्ने समय आएको बताउनुभयो । अहिलेको अवस्थामा नेपालको रक्षाका लागि नेपाली जनता एक हुन आवश्यक रहेको उहाँको भनाइ थियो ।

“नेताहरु स्वच्छ र इमान्दार नभएका कारण यो समस्या आएको हो”, अध्यक्ष केसीले भन्नुभयो,  “नेताहरुमा जनताको चिन्ताभन्दा अघिपछि हिँड्नेको चिन्ता हुँदा अहिले जेनजीले आन्दोलन गरेको हो ।”

राजनीतिक कार्यक्रममा पहिलोपटक मोहन विक्रम

नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंह राजनीतिक नेतृत्वमा आएपछि पहिलोपटक राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ । अखिल नेपाल जनजाति सम्मेलनको पाँचाँै महाधिवेशनलाई उहाँले आज नारायणगढमा सम्बोधन गर्नुभएको हो ।

सम्बोधन गर्दै महामन्त्री सिंहले जेनजी आन्दोलनको फाइदा स्वार्थरत राजनीतिक दलहरुले लिएको बताउनुभयो । जेनजी आन्दोलन भ्रष्टाचारको विरुद्ध भए पनि उग्र हुनु भनेको स्वार्थका लागि खेल खेलिएको आफूले महसुस गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा अखिल नेपाल किसान महासङ्घका अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल युवक सङ्घका अध्यक्ष गणेश अधिकारी, अखिल नेपाल ट्रेड युनियन महासङ्घका महासचिव शालिकराम सापकोटालगायतले वर्तमान राजनीतिक परिवेशमा पार्टी र जनवर्गीय सङ्गठनले खेल्नुपर्ने भूमिकाबारे आ–आफ्नो धारणा राख्नुभएको थियो । महाधिवेशन सोमबारसम्म चल्ने छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । रासस