२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा एकैदिन हजार बढीको मृत्यु, संक्रमितको संख्या साढे ३ लाख नाघ्यो



अ+ अ-

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले अमेरिकामा पछिल्लो २४ घण्टामा १२ सय ५५ ले ज्यान गुमाएका छन् । यससँगै यहाँ हालसम्म १० हजार ८ सय ७१ जनाको मृत्यु भएको छ ।

वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार संक्रमितको संख्या ३ लाख ६७ हजार ४ पुगेको छ । संक्रमितमध्ये ८ हजार ८ सय ७९ को स्थिती गम्भीर बताइएको छ ।

यद्यपि, यहाँ १९ हजार ६ सय ७१ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

पछिल्लो केही समयदेखि अमेरिकामा मृतक र संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन् ।