१ आश्विन २०८३, बिहीबार
,
Latest
काठमाडौं महानगरमा २ लाख १० हजार भवन र १२ हजार ८११ सडकको डिजिटल नक्साङ्कन सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने नारायणी लिफ्ट–खगेरी सिँचाइ आयोजना : विद्युत् खर्च ४२ लाखसम्म अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भ्रमणका लागि भारत प्रस्थान झापामा पाँच लाख बढीलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप दिइने अनधिकृत रूपमा डिजेल झिकेको आरोपमा कारबाही भोटे कोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथा आरोहण र प्रेमकथामा ‘जेरी अन टप’



अ+ अ-

काठमाडौँ । सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा आधारित नेपाली चलचित्र ‘जेरी अन टप’ आगामी असोज ३१ गतेदेखि प्रदर्शन हुने भएको छ । प्रस्तुतकर्ता सरोज न्यौपानेले युवापुस्ताको कथामा नेपालको सौन्दर्य देखिने एउटा स्तरीय चलचित्र बनाउने कोसिस गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले नेपालको सौन्दर्यलाई चलचित्रमा प्रस्तुत गरेका छौँ, चलचित्रको मुख्य पात्रले सगरमाथा आरोहण गर्ने क्रममा निम्तिने घटनाक्रम देखाइएको चलचित्रले पर्यटनमा टेवा पुर्‍याउने अपेक्षा लिएको छु, नेपाली चलचित्र भनेर गौरव गर्न मिल्ने गरी हामी सबैले मेहनत गरेका छौँ ।”

उहाँले उक्त चलचित्र यही असोज ३१ गतेदेखि नेपालसँगै अस्ट्रेलिया, संयुक्तराज्य अमेरिका, क्यानाडालगायत देशमा प्रदर्शन हुने जानकारी दिनुभयो । उक्त चलचित्रका अभिनेता भुवन केसीले नेपालीको सुन्दरता र नेपाली विषयवस्तुको राम्रो मिश्रण ‘जेरी अन टप’ मा रहेको बताउनुभयो ।

“मैले चलचित्रमा लामो समय बिताएको छु, कलाकार, निर्माता र निर्देशकका रुपमा काम गरेको अनुभवले पनि यो चलचित्रलाई नेपालीभन्दा गौरव लाग्छ, सम्पूर्ण सदस्यको मेहनतले यो एउटा अन्तरराष्ट्रियस्तरको चलचित्र बनेको छ”, उहाँले भन्नुभयो ।

उक्त चलचित्रमा अभिनेता केसीसँगै अनमोल केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’, उषा खड्गीलगायत कलाकारले अभिनय गर्नुभएको छ । अभिनेत्री शर्माले चलचित्रमा आफूले ‘श्रेया’ नामक पात्रको भूमिका निर्वाह गरेको जानकारी गराँदै आफ्नो राम्रो चलचित्र मध्येको एक रहेको बताउनुभयो ।

“मैले यो चलचित्रमा निकै मेहनत गरेकी छु र मेरो कलाकारिताकै एउटा राम्रो र स्तरीय चलचित्र बनेको भन्न सक्छु, हामी अभिनेत्रीलाई पर्दामा राम्री देखिउ भन्ने लाग्छ, यसमा एउटा अभिनेत्रीले सपना देख्ने सम्पूर्ण इच्छा पूरा भएको छ”, अभिनेत्री शर्माले भन्नुभयो । अनन्या फिल्म्स प्रोडक्सनबाट निर्मित ‘जेरी अन टप’ लाई सुयोग गुरूङले निर्देशन गर्नुभएको छ । यस चलचित्रमा हेमराज विसीले कथा लेखन, विश्वास तिम्सिनाले पटकथा लेखन र दुलिप रेग्मीले छायाङ्कन गर्नुभएको छ ।