१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान

भारत सरकारले सांसद र मन्त्रीको ३० प्रतिशत तलब कटौती गर्ने

भारत सरकारले सांसद र मन्त्रीको ३० प्रतिशत तलब कटौती गर्ने
अ अ+ अ-

नयाँदिल्ली । कोविड १९ ले महामारीको रूप लिन लागेको भन्दै भारतको मन्त्रिपरिषद्ले प्रधानमन्त्री नरेन्द्र मोदीसहित सबै मन्त्री र राज्यमन्त्रीको तलब ३० प्रतिशतले कटौती गर्ने भएको छ।

यसका साथै राष्ट्रपति, उपराष्ट्रपति र राज्यपालले पनि एक वर्षसम्मको तलब ३० प्रतिशत कम लिने भएका छन्। राष्ट्रपति, उपराष्ट्रपति र राज्यपालले भने यो निर्णय स्वैच्छिक गरेका हुन्। यो रकम केन्द्र सरकारले कोविडविरुद्धको युद्धमा खर्च गर्नेछ। यो अभियानमा केन्द्र सरकारले सांसदहरूको तलब पनि ३० प्रतिशतले घटाउने निर्णय गरेको छ।

त्यसैगरी आगामी २ वर्षका लागि संसदीय क्षेत्र विकास कार्यक्रमअन्तर्गत उपलब्ध हुने रकम पनि कटौती भएको छ। मन्त्रिपरिषद्को उक्त निर्णयको जानकारी दिँदै केन्द्रीय मन्त्री प्रकाश जावडेकरले भने, ‘एक वर्षसम्म सबै सांसदको तलबमा ३० प्रतिशत कटौती गर्ने निर्णय भएको छ। सांसदको तलबको प्रयोग कोविडविरुद्ध लड्न प्रयोग गरिनेछ।’

यो कार्यान्वयनमा ल्याउन केन्द्र सरकारले एउटा अध्यादेश जारी गरेको छ। राष्ट्रपति, उपराष्ट्रपति र राज्यपालले स्वैच्छिक ३० प्रतिशत कम तलब लिने भएपछि त्यसलाई पनि कानुनी रूप दिइएको छ। मन्त्री जावडेकरका अनुसार मन्त्रिपरिषद्मा सांसदहरूको स्थानीय क्षेत्र विकास कोषलाई २ वर्षका लागि रोक्ने सहमति भएको छ।

भारतमा लोकसभा र राज्यसभाका सांसदले आफ्नो क्षेत्रको विकासका लागि वार्षिक ५ करोड भारतीय रुपैयाँ सरकाबाट पाउँछन्। यो कोष स्थगित गरिँदा सरकारले ७९ अर्ब रुपैयाँ पाउनेछ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो १२ घण्टामा कम्तीमा पनि ४९० जनामा संक्रमण देखिएको जनाएको छ।

साढे चार हजारभन्दा बढी संक्रमित

भारतमा पछिल्ला केही दिनमा कोविड संक्रमितको संख्या बढ्न थालेको छ। यससँगै भारतमा सोमवारसम्म संक्रमितको संख्या ४ हजार ५५३ जना पुगेका छन्। सोमवार रातिसम्म यसबाट ज्यान गुमाउनेको संख्या ११८ पुगेको छ।

संक्रमितहरूमध्ये उपचारका क्रममा ३२८ जना उपचार गरी घर फर्किएका छन्। अरू ४ हजार १०७ जना भने उपचाररत रहेका छन्। उनीहरू केही अस्पताल त केही आफ्नो घरमै निगरानीमा रही उपचार गराइरहेका छन्।

भारतमा विस्तारै यसको प्रकोप बढ्न थालेको महसुस गरिएको छ। भारतका अरू राज्यको तुलनामा महाराष्ट्रमा संक्रमित बढेका छन्। महाराष्ट्रमा मात्र ६९० जना संक्रमित भेटिएका छन्। त्यसैगरी त्यसपछि सबैभन्दा धेरै विरामी तमिलनाडुमा छन्। त्यहाँ ५७१ जना विरामी छन् भने नयाँदिल्लीमा ५०३ जना विरामी रहेका छन्।

भारतमा दुई सातादेखि देशैभर लकडाउन घोषणा गरिएको छ। जसका कारण त्यहाँको जनजीवन निकै प्रभावित भएको छ। दैनिक नयाँ संक्रमित थपिँदै जान थालेपछि भने यो लकडाउनको अवधि पनि थप लम्बिने सम्भावना देखिएको छ।

एजेन्सी