२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा ११ र १२ को परीक्षा स्थगित



अ+ अ-

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । मंगलबार बसेको परीक्षा बोर्डको बैठकले सो निर्णय गरेको हो ।

बोर्डको वैशाख २१ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा र वैशाख ८ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा अर्को सूचना जारी नहुञ्जेलका लागि स्थगित गर्ने निर्णय गरेको हो।

‘विद्यार्थी र अभिभावकप्रति पर्न गएको असुविधाप्रति बोर्ड क्षमाप्रार्थी छ,’ बोर्डले मंगलबार निकालेको सूचनामा भनिएको छ, ‘विद्यार्थीले घरमै बसेर स्वअध्ययन तथा परीक्षाको तयारी गर्नुहोला।’

कोरोनाभाइरस संक्रमणको अवस्थामा सुधार भएर सामान्य अवस्था सिर्जना भएपछि परीक्षाको नयाँ तालिका प्रकाशित गरिने बोर्डले जानकारी दिएको छ।