२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमण रोकथाममा सरकार गम्भीर भएन : कांग्रेस



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संक्रमण रोकथामका लागि सरकार जति गम्भीर हुनुपर्ने हो, त्यति नभएको निष्कर्ष निकालेको छ । कांग्रेसले
सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई तत्काल उद्दार गर्दै नेपाली भूमिमा ल्याएर क्वारेन्टाइनमा राख्नु पर्ने गरेको छ ।

मंगलबार बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले कोरोनाको संक्रमण रोक्न पार्टीको सम्पूर्ण संयन्त्रलाई क्रियाशील बनाउने र सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ । बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भने, ‘तर सरकार जति गम्भीर हुनुपर्ने हो, भएन । औषधि तथा स्वास्थ्य सामाग्री आपूर्ति प्रक्रियालाई पनि पारदर्शी बनाउन सकेन ।’

कांग्रेसले स्वास्थ्य सामाग्री आपूर्तिमा भएको अनियमितताबारे छानविन गर्न समेत माग गरेको छ ।