२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालोबजारी गरेको आरोप शंकर ग्रुपका मालिक अग्रवाल पक्राउ



अ+ अ-

काठमाडौं । शंकर ग्रुप तथा जगदम्बा स्टीलका मालिक सुलभ अग्रवाल पक्राउ परेका छन् । मंगलबार प्रहरीले अग्रवाललाइृ न्यूरोडबाट पक्राउ गरेको हो ।

अपराध महाशाखाका अनुसार अग्रवालले ५ हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा विक्री गर्न खोजेका थिए । उनको साथबाट ६७ थान थर्मल गन बरामद गरेको एक प्रहरी अधिकृतले बताए ।

अग्रवाल नेपालका लागि कीर्तिकिस्तानका अवैतानिक महावाणिज्य दूत पनि हुन् ।