१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान

इतिहासमै पहिलो पटक रोकियो बिस्केट जात्रा

इतिहासमै पहिलो पटक रोकियो बिस्केट जात्रा
अ अ+ अ-

रमेश गिरी, भक्तपुर । विश्व र नेपालमा पनि विभिन्न क्षेत्र र समुदायलाई कोरोना भाइरसको सङ्क्रमणले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर गरिरहेको छ । नेपालको धार्मिक, सांस्कृतिक र परम्परागत क्षेत्र पनि सम्भावित सङ्क्रमणको मारमा परिरहेको छ । नयाँ वर्षको आगमनसँगै आठरात नौदिनसम्म भक्तपुरमा भव्यरुपमा मनाइने नेपालको एक ठूलो जात्रा बिस्केट जात्रा पनि कोरोना भाइरसकै कारण रोकिन पुगेको छ । यो जात्रा इतिहासमै पहिलो पटक रोकिएको इतिहास र संस्कृतिका जानकारहरुको भनाइ छ ।

यो जात्रा आउन अब दुईदिन बाँकी छ तर भव्य रुपमा हुनुपर्ने यसको तयारी भने रोकिइसकेको छ । विश्वमै फैलिएको महामारीको सम्भावित सङ्क्रमण नेपालमा पनि रोक्न सरकाले देशैभर बन्दाबन्दी (लकडाउन) को घोषणा गरेको र हजारौँको सङ्ख्यामा उपस्थित हुनुपर्ने जात्रामै पनि सङ्क्रमणको खतरा रहने भएकोले यसवर्ष यो जात्रा औपचारिक पूजामा मात्र सीमित हुने भएको हो ।

नेपाली साहित्य, संस्कृतिका अन्वेषक एवं संस्कृतिविद् सूर्यविनायक निवासी ८६ वर्षीय तेजेश्वरबाबु ग्वंग विश्वप्रसिद्ध ऐतिहासिक बिस्केट जात्रा रोकिएर औपचारिक पूजामा मात्र सीमित हुन पुगेको इतिहासमै यो पहिलो पटक हो भन्नुुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “विगतमा भूकम्प, विपद् या जस्तोसुकै सङ्कटको समयमा पनि यो जात्रा रोकिएन तर यसवर्ष कोरोना भाइरसको सङ्क्रमण रोक्न पनि हजारौँको सहभागितामा रथ तान्ने र लिङ्गो उठाउने जस्ता कार्य हुने भएकाले रोकिएको बताउनुभयो ।” यस्तो बेलामा जात्रा रोक्नु राम्रो भए पनि यसको ऐतिहासिकता जोगाउन ध्यान दिनुपर्नेमा भने त्यसो हुन नसकेको उहाँको भनाइ छ ।

रथ बनाएर भैरवको मूर्तिलाई रथमा राखी विधिवत् पूजा गर्ने, भित्र्याउने र ल्यासिंखेलमा सानो प्रतीकका रुपमा दुई चारजनाले लिङ्गो उठाएर परम्परा कायम राख्नुपर्ने उहाँ बताउनुहुन्छ । भैरवको रथ तान्दैगर्दा पल्टिएपछि मर्मत गरेर तान्ने, लिङ्गो उठाउँदा भाँचिए अर्को लिङ्गो उठाउने परम्परा रहेको बताउँदै उहाँ इतिहासलाई मर्न दिन नहुने बताउनुहुन्छ ।

भक्तपुरका सामाजिक अभियन्ता एवं बिस्केट जात्रा व्यवस्थापनमा वर्षौंदेखि सक्रिय टौमढीका ७५ वर्षीय अनन्तप्रसाद धौभडेल राष्ट्रिय विपत्तिमा समेत नरोकिएको बिस्केट जात्रा इतिहासमै पहिलो पटक रोकेर पूजामा सीमित हुनुपरेको बताउनुहुन्छ ।

“लिङ्गो नउभ्याई खानै नहुने गुठीहरु पनि यहाँ छन्, २००९ सालमा लिङ्गो भाँचिएर तीन टुक्रा भएर तीनजनाको ज्यान जाँदा पनि अर्को लिङ्गो उठाएर पर्व मनाइयो, जात्रा मनाउन समस्या हुँदा नेपाली सेनाको टोलीले रथ तान्ने, लिङ्गो उठाउने गर्थे” धौभडेलले भन्नुभयो, “जात्रालाई प्रतीकका रुपमा भए पनि मनाउनु पर्ने हो, सानो रथ बनाएर तलेजुको खड्ग ल्याई भैरवलाई रथमा राखेर पूजा गर्ने, प्रतीकका रुपमा सानो लिङ्गो उभ्याएर परम्परालाई जीवित राख्न सकेको भए हुन्थ्यो तर त्यो पनि नहुने भयो ।”

प्रहरीले चारैतिर घेरा राखेर भीड जम्मा हुन नदिएर भए पनि परम्परालाई रोक्न नहुने बताउँदै उहाँले जात्रा मनाउँदा तलेजुले जे मान्यो त्यही गर्ने चलन भए पनि यसवर्ष तलेजुसँग कुनै छलफल नै नभएको भन्दै उहाँले प्रशासनले जात्राको मौलिकतालाई मर्न दिन नहुने बताउनुहुन्छ । यसवर्ष बिस्केट जात्रासँगै भक्तपुरमा मनाइने विभिन्न देवीदेवताका खट जात्राहरु पनि रोकिई औपचारिक पूजामा मात्र सीमित हुने भएका छन् ।

भक्तपुरको दूधपाटी निवासी इतिहास तथा पुरातत्वविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ इतिहासमा बिफर, हैजा रोगको महामारी हुँदा पनि नरोकिएको बिस्केट जात्रा यसवर्ष कोभिड–१९ ले अवरुद्ध पारेको बताउनुहन्छ । जस्तोसुकै सङ्कटमा पनि जनता र प्रशासन मिलेर जात्रा सम्पन्न गर्ने परम्परा थियो, अपार जनशक्तिको बलमा विश्वनाथ भैरव, भद्रकालीको रथ तान्नुपर्ने, लिङ्गो उठाउनुपर्ने भएकाले अहिलेको महामारीमा जात्रालाई पूजामै सीमित गर्नुपरेकोे बताउनुहुन्छ । उहाँ बिस्केटमा विश्वनाथ आकाश भैरवको पूजा मुुख्य रहने बताउँदै अहिले विश्व सङ्कटका रुपमा आएको कोरोना भाइरसको महामारी हटाउन सङ्कल्प पूजा गर्नु उत्तम हुने बताउनुहुन्छ ।

ऐतिहासिक राष्ट्रिय अभिलेखालयमा नेपाल संवत् ७४१ मा चैत शुक्ल पूर्णिमाकै दिन भैरवको रथ पल्टिएको र यसबाट ठूलो अनिष्ट हुन्छ भनेर टोलटोलबाट पूजा एवं बलि तथा सरकारी क्षमापूजा गरिएको बताउँदै जात्रा नै रोकिएर पूजामा सीमित गर्नुपरेको भने यो पहिलो घटना भएको बताउनुहुन्छ ।

एउटा मान्छेसँग अर्को मान्छे डराउनुपर्ने अहिलेको महामारीको बेलामा विधिविधानअनुरुप पुजारीहरु मिलेर पर्वलाई औपचारिक पूजामा सीमित गर्दा परम्परा पनि नरोकिने र सङ्क्रमणको जोखिम पनि नरहने उहाँको धारणा छ । जीवन रहेमात्र जात्रा पर्व रहन्छन् भन्दै महामारीलाई जित्नसके अर्कोवर्ष भव्य रुपमा जात्रा मनाउन सकिने डा श्रेष्ठ बताउनुहुन्छ ।

बिस्केट जात्रामा तलेजुको मुख्य भूमिका रहने भए पनि यसवर्ष तलेजुको पूजा पनि रोकिएर औपचारिक पूजामात्र गरिनेछ । करिब ४७ वर्षदेखि तलेजुका मूल नाइके सम्हाल्दै आएका नरेन्द्रप्रसाद जोशीले बिस्केट जात्रा रोकिएको इतिहासमा कहिल्यै थाहा नभएको बताउँदै भन्नुहुन्छ, “मेरो बुबा ईश्वरीप्रसादले ५० वर्ष तलेजुको मूल नाइके भएर सेवा गर्दा बिस्केट जात्रा रोकिएको कहिल्यै भन्नुभएन, मैले ४७ वर्ष भयो सेवा गरेको, मलाई पनि थाहा छैन ।”

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सर्वपक्षीय छलफल गरी अहिलेको विषम परिस्थितिमा जात्रा पर्वलाई औपचारिक पूजामा मात्रै सीमित गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

जात्रा चलाउँदै आएको गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले विश्व महामारीको जोखिमलाई रोक्न यसवर्ष औपचारिक पूजामा मात्र जात्रा सञ्चालन गर्ने निर्णयअनुसार नै रथ निर्माण रोकिएको बताउनुभयो । यसवर्ष जात्रामा पूजारीले भैरव, भद्रकालीसहित सबै देवीदेवताका पूजाहरु विधिवत् रुपमा गर्ने र कुनै अनिष्ट हुन नदिन ज्योतिषहरुसँगै परामर्श गरेर पूजा गर्ने तयारी गुठी संस्थानले गरेको उहाँले जानकारी दिनुभयो ।

यस्तो छ जात्राको इतिहास

तान्त्रिक महत्व बोकेको भक्तपुरको प्रसिद्घ ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेकोे बिस्केट जात्रा लिच्छविकालीन भन्दा अगाडिदेखि शुरु भएको मानिन्छ । किंवदन्तीअनुसार परापूर्वकालमा भक्तपुर बस्ने राजाकी राजकुमारी सुन्दरी थिइन् । राजाले राजकुमारीसँग बिहे गर्नेलाई आफ्नो राजगद्दी नै सुम्पने बताएपछि राजकुमारीसँग बिहे गर्न आउने राजकुमारहरु बिहे गरेकै राति मृत्यु हुनेक्रम जारी रह्यो । राजाले राजकुमारको लास उठाई मसानघाटसम्म पु¥याउने मलामी गुठी नै सञ्चालनमा ल्याए ।

यसैक्रममा एक बलवान् युवाले राजकुमारीसँग बिहे गरे । राति निदाएपछि राजकुमारीको नाकको प्वालबाट दुईवटा नागनागिनी निस्केर अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले खड्गले काटेर दुईटुक्रा पारिदिए । ती नागनागिनीले प्राण त्याग गर्ने बेलामा हाम्रो पुरुषार्थ देखाउन सबैले देख्नेगरी जात्रा चलाइदिनू भनी प्राण त्यागगरे । भोलिपल्ट राजकुमार जीवित रहेको नागनागिनी मरेको देखेर खुशी भएर राजाले ५५ हात लामो लिङ्गो नागनागिनको प्रतीकस्वरुप एकजोडी ध्वजा राखेर लिङ्गो ठड्याउने चलन चलाएको विश्वास गरिँदै आएको छ ।

भक्तपुरमा प्रचलित अर्को कथनअनुसार लिच्छवि राजा शिवदेव दोस्रोको पालामा पूर्वका किराँतीहरुले नेपाल मण्डल आक्रमण गर्दा प्रतीकारस्वरुप आचाजु तान्त्रिकले अजिङ्गरको रुप धारण गरेको सन्दर्भसँग बिस्केट जात्रालाई वर्णन गरेको पाइन्छ । स्थानीय भाषामा ‘बी’ को अर्थ सर्प तथा ‘स्यानाः हंगु जात्रा’ मारेको खुसियालीमा मनाएको जात्रा भन्ने अर्थ लाग्छ । त्यसैले कतै बिसिका जात्रा भन्ने गरेको पनि पाइन्छ । ‘बिस्याना जात्रा’ र ‘बिसिका जात्रा’ नै कालान्तरमा बिस्काः हुँदै बिस्केट जात्रा भएको मानिन्छ । लिङ्गोमा तान्त्रिक विश्वध्वजा र लिङ्गोमा रहेको आठवटा डोरीलाई अष्टमातृका गणका रुपमा लिइन्छ ।

तर इतिहासविद् डा पुरुषोत्तलोचन श्रेष्ठ भने यी कथनलाई स्वीकार गर्नुहुन्न । उहाँ यो जात्रा नितान्त भैरवनाथ र भद्रकालीसँग सम्बन्धित रहेको बताउनुहुन्छ । “यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको पनि हो, विश्व भैरवनाथको प्रतीक लिङ्गोमा तान्त्रिक विधिअनुसार फहराइने एकजोडी हलिपत (ध्वजा) साक्षात भैरव र भद्रकालीको हो । जात्रामा आकाश भैरव अर्थात् विश्वनाथ भैरवको पूजा गरिन्छ । यस मानेमा विश्वनाथको ध्वजा विश्वध्वजा हो, वीरध्वजा हो भन्ने कुरा स्पष्ट छ, यसमा वीर भनेर भैरवको वाहन वीर बेताललाई भनिएको हो । त्यसैले पनि यो ध्वाजालाई विश्वध्वजा र वीरध्वाजा मान्न सकिन्छ ।”

चैत महिनामा सूर्य देउता मीन राशिबाट मेष राशिमा प्रवेश गर्ने समय अर्थात् विश्वयात्राको सन्दर्भमा झण्डा फहराउने परम्परा छ । विश्वयात्राको क्रममा सम्पूर्ण देशवासीको शुभकामना, शत्रुहन्ता, दुःख क्षयदेखि सफल जीवनयापनको कामना गरी झण्डा फहराउने हो । झन्डा अर्थात् विश्वध्वजलाई लिङ्गोमा झुण्ड्याएर फहराउने परम्परा बिस्केट जात्राको मूल मर्म हो । जुन चैत मसान्तमा उठाइन्छ र वैशाख सङ्क्रान्तिमा ढालिन्छ । यो प्रमाणको कारणले बिस्का र बिस्केट जात्राको पुरानो शब्द विश्वयात्रा हुन्छ ।

नेपाल संवत् २६८ अर्थात् लिच्छविकालभन्दा अगाडिदेखि नै मनाउन थालिएको यो जात्रालाई मल्ल राजा जगतज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ । त्यसपछि नेपाल संवत् ८२७ मा राजा भूपतिन्द्र मल्ल दुई दिनबाट बढाएर आठरात र नौ दिनसम्म मनाउने प्रचलन चलाएको उल्लेख छ ।

नेपाल संवत् ५०० को अमरपोष्टमा विश्वकेतुको समान अर्थ राख्ने शब्द ‘विसिक’ दिइएको छ । टौमढी टोलको नेपाल संवत् ५६१ को यक्षमल्लको शिलालेखमा ‘विश्वजात्रा’ भनिएको छ । नेपाल संवत् ६४१ को भूमिसम्बन्धी तमसुक ताम्रपत्रमा विश्वकेतुलाई ‘विसिक’ भनिएको छ । त्यस्तै भक्तपुर दरबार क्षेत्रको मालती चोकको, जितामित्र मल्लको नेपाल संवत् ८०८ र भूपतिन्द्र मल्लको नेपाल संवत् ८१८ को शिलालेखहरुमा क्रमैले ‘विस्क्यात’ शब्द दिइएको छ । लिच्छविपछि मल्लकालीन समय आयो ।

इतिहास एवं संस्कृतिविद् डा पुरुषोत्तमलोचन श्रेष्ठकाअनुसार भक्तपुरको बिस्केट जात्रा पूर्वमध्यकालतिर ३०० वर्षभन्दा बढी समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो । विसं १८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भने यो एक जिल्लाको स्थानीय जात्राका रूपमा सीमित रहेपनि अहिले विशेषगरी नेवारबस्ती भएका विभिन्न जिल्लामा मनाउने गरिन्छ ।

आठ रात नौ दिनको जात्रा

हरेक वर्ष नयाँ वर्ष आगमनको पाँचदिन अगाडि अर्थात् चैतशुक्ल पूर्णिमाको दिन तान्त्रिक विधिअनुसार बिस्केटजात्रा सुरु हुने गर्दछ । त्यसदिन विहान भैरबनाथको पूजा शुरु हुने, दिउँसो भैैरवनाथको रथमा तलेजुका पुजारी र तलेजुका नाइकेले खड्ग, तरबार, निशान राखिसकेपछि गुठी संस्थानबाट ल्याएको सरकारी पूजागरी स्थानीय बासिन्दाले घरघरबाट ल्याएको पूजा एवं बलि सकेपछि बल्ल रथ तान्न शुरु गरिन्छ । विक्रम संवत्अनुसार सौरमासको आधारमा मनाइने बिस्केट जात्रामा विश्वनाथ भैरबको रथलाई टौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी पु¥याई फर्काउने प्रचलन छ । रथलाई तल्लो क्षेत्रमा गःहिटी पु¥याएपछि पहिलो दिनको रथयात्रा विसर्जन गरिन्छ भने राती भद्रकालीको रथ ल्याएर भैरवको रथमा जुधाउने परम्परा रहेको छ ।

त्यसपछि भक्तपुरका विभिन्न देवीदेवताको मन्दिरमा मेला लाग्ने, पूजा एवं बलि दिने प्रचलन रहेको छ भने नेवार समुदायमा स्वदेश तथा विदेशमा रहेका आफन्तलाई बोलाएर भव्य भोज खुवाउने चलन छ । चैत मसान्तमा गहिटीमा राखिएको भैरव र भद्रकालीको रथलाई ल्यासिंखेल पु¥याएपछि इन्द्रध्वजासहितको लिङ्गो उठाउने गरिन्छ । वैशाख १ गते दिनभर जात्रा चलाएर साँझ लिङ्गो ढाल्ने गरिन्छ । यसदिन जात्रा हेरेमा शत्रुनाश हुन्छन् भन्ने जनविश्वासले जात्रालाई शत्रुहन्त जात्रा पनि भनिन्छ । हरेक दिन टोलटोलमा विभिन्न जात्रा मनाउने गरिन्छ ।

जात्राको अन्तिम दिन वैशाख ५ गते प्रसिद्ध पाँचतले मन्दिरस्थित टौमढीेबाट भैरवको रथलाई तल र माथिको बासिन्दाले तानेर आआफ्नो टोलमा लैजाने चलन छ । रथलाई मध्यरातिसम्म भए पनि पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताल भैरवको मुख्य देउतालाई पूजागरी भैरव मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गर्ने परम्परा रहेको छ ।