२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक दूरी कायम राख्दै नेकपा सचिवालय बैठक बालुवाटारमा



अ+ अ-

काठमाडौं । सामाजिक दूरी कायम राख्दै सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सुरू भएको छ। मंगलबार केहीबेर अघि बालुवाटारमा सुरू भएको बैठकमा कोरोना भाइरसको रोकथामका लागि स्वास्थ्य सामग्री ल्याउँदा भएको अनियमितता र पछिल्लो पटक स्वास्थ्य सामग्री ल्याउन नेपाली सेनालाई दिएको जिम्मेवारीबारे छलफल हुने बताइएको छ।

पहिलो चरणमा स्वास्थ्य सामग्री ल्याउँदा अनियमितता भएको भनेर चौतर्फी आलोचना भएपछि सरकारले ओम्नी समूहसँगको सम्झौता रद्द गरिसकेको छ। सचिवालय सदस्यहरूले यसअघि नै स्वास्थ्य सामग्री प्रकरणबारे पार्टीमा छलफल हुनुपर्ने बताएका थिए।

गत चैत ५ गतेपछि सचिवालय बैठक आजमात्रै बस्न लागेको हो । सचिवालय बैठकमा अहिलेको समसामयिक विषयमा छलफल हुनेछ।