२४ कार्तिक २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्यः त्रिवि अस्पताल



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य समस्यापछि काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका छन् ।

सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. रत्न मणि गजुरेलले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थाको परीक्षण भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्य अवस्थामा समस्या आएपछि यस सेन्टरमा उपचारका लागि भर्ना हुनुभएको हो। हाल उहाँको स्वास्थ्य परीक्षण भइरहेको र उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ ।”

राष्ट्रपति पौडेलको स्वास्थ्यबारे थप जानकारी क्रमशः सार्वजनिक गरिने सेन्टरले जनाएको छ ।