२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना अपडेट : विश्वभर १४ लाख बढी संक्रमित, ८२ हजारको मृत्यु



अ+ अ-

काठमाडौं । विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमितको संख्या १४ लाख २८ हजार ४ सय २८ संक्रमित रहेको छन् भने मृत्यु हुनेको संख्या ८२ हजार १९ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार कुल संक्रमित मध्येतीन लाख एक सय ९८ जना निको भएका छन् ।

कोरोनाका कारण मृत्यु हुनेमा सबैभन्दा धेरै इटलीमा १७ हजार एक सय १७ पुगेको छ । यहाँ संक्रमितको संख्या एक लाख ३५ हजार पाँच सय ८६ पुगेको छ । स्पेनमा संक्रमितको संख्या एक लाख ४१ हजार नौ सय ४२ पुगेसंगै १४ हजार ४५ जनाको मृतयु भएको हो ।

संयुक्त राज्य अमेरिकामा संक्रमितको संख्या ३ लाख ९८ हजार एक सय ८५ पुगेको छ भने मृतक संख्या १२ हजार ८ सय ४४ पुगेको हो । यस्तै फ्रान्समा संक्रमितको संख्या एक लाख १० हजार ७० पुगेको छ भने मृतक संख्या १० हजार ३ सय २८ पुगेको हो । स्वास्थ्य मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङमा बताएअनुसार सात हजार ९१ जनाको अस्पतालमा र तीन हजार दुई सय ३७ जनाको केयर हाउसमा मृत्यु भएको हो ।

बेलायतमा संक्रमितको संख्या ५५ हजार हजार नौ सय ४९ पुगेको छ भने मृतक संख्या ६ हजार एक सय ७० रहेको छ ।