२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना अपडेट : विश्वभर १४ लाख बढी संक्रमित, ८२ हजारको मृत्यु



अ+ अ-

काठमाडौं । विश्वभर माहामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट संक्रमितको संख्या १४ लाख २८ हजार ४ सय २८ संक्रमित रहेको छन् भने मृत्यु हुनेको संख्या ८२ हजार १९ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार कुल संक्रमित मध्येतीन लाख एक सय ९८ जना निको भएका छन् ।

कोरोनाका कारण मृत्यु हुनेमा सबैभन्दा धेरै इटलीमा १७ हजार एक सय १७ पुगेको छ । यहाँ संक्रमितको संख्या एक लाख ३५ हजार पाँच सय ८६ पुगेको छ । स्पेनमा संक्रमितको संख्या एक लाख ४१ हजार नौ सय ४२ पुगेसंगै १४ हजार ४५ जनाको मृतयु भएको हो ।

संयुक्त राज्य अमेरिकामा संक्रमितको संख्या ३ लाख ९८ हजार एक सय ८५ पुगेको छ भने मृतक संख्या १२ हजार ८ सय ४४ पुगेको हो । यस्तै फ्रान्समा संक्रमितको संख्या एक लाख १० हजार ७० पुगेको छ भने मृतक संख्या १० हजार ३ सय २८ पुगेको हो । स्वास्थ्य मन्त्रालयले आफ्नो दैनिक प्रेस ब्रिफिङमा बताएअनुसार सात हजार ९१ जनाको अस्पतालमा र तीन हजार दुई सय ३७ जनाको केयर हाउसमा मृत्यु भएको हो ।

बेलायतमा संक्रमितको संख्या ५५ हजार हजार नौ सय ४९ पुगेको छ भने मृतक संख्या ६ हजार एक सय ७० रहेको छ ।