१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान

आपूर्तिमन्त्री कुलेश्वरको खाद्य स्टोरमा पुगेपछि…

आपूर्तिमन्त्री कुलेश्वरको खाद्य स्टोरमा पुगेपछि…
अ अ+ अ-

काठमाडौं । लकडाउनको समयमा नागरिकलाई दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै समस्या नहोस् भनेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय २४ सै घण्टा परिचालित भएको छ । मन्त्रालयको नेतृत्वमा रहनुभएका मन्त्री लेखराज भट्ट र उहाँको सम्पूर्ण टिम नै लकडाउनको पर्वाह नगरी नागरिकलाई सहज रुपमा दैनिक उपभोग्य वस्तुमा कुनै कमी नहोस् भनेर खटिरहेको छ ।

कहिले खाना पकाउने एलपिजी ग्यासको अवस्था बारेका स्थलगत जानकारी लिन खटेको टिम कहिले दाल, चामल तथा मैदाको अवस्था कस्तो छ र के कति मात्रामा उपलब्ध छ भनेर निरन्तर अनुगमनमा लागेको छ । कुनै पनि समस्या नहोस् भन्नेतर्फ विशेष ध्यान दिइएको मन्त्री भट्टले जानकारी दिनुभयो ।

सरकार सबै नागरिकको अभिभावक हो र समस्यामा परेका नागरिकलाई के कसरी राहत उपलब्ध गराउन सकिन्छ र कसरी सहज रुपमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन सकिन्छ भनेर लागिपरेको मन्त्री भट्टले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी निरन्तर रुपमा नै खाद्य पदार्थको अवस्था र आपूर्ति अवस्थाका बारेमा नियमित जानकारी लिइरहेका छौं । कुनै पनि समस्या नआओस् भनेर विशेष ध्यान दिइएको छ ।”

मन्त्रालयको विशेष पहलमा नै नेपाल आयल निगमले मागभन्दा बढी एलपिजी ग्यास आयात गरिरहेको छ । सोही कारण निगमले १४.२ किलोको सिलिन्डरमा ७.१ किलो ग्यास भरेर पठाएको थियो । तर ग्यासको पुग्दो आपूर्ति भएका कारण निगमले गरेको सो व्यवस्थालाई पुनः परिवर्तन गरेर १४.२ किलोमा नै पुर्याउनुपर्ने आवश्यकता देखिएको छ । निगमले टेकुमा रहेको साविक नेशनल ट्रेडिङ रहेको भवनमा विभिन्न १८ प्रकारका ग्यास उपलब्ध गराएको छ । ग्यास आवश्यक पर्नेले सो स्थानमा गएर बिहानदेखि साँझसम्म नै ग्यास लिन सक्ने व्यवस्था गरिएको छ ।

यस्तै राजधानी काठमाडौँमा लोकप्रिय रहेको नेपाल ग्यास र बाबा ग्यासले घुम्ती पसल नै सञ्चालन गरेर ग्यास आपूर्ति गरिरहेको छ । सरकारको पछिल्लो व्यवस्थापनलाई लिएर ग्यास उद्योगी तथा बिक्रेतासमेत सरकारलाई पूर्णरुपमा साथ दिएका छन् । दैनिक उपभोग्य वस्तुको अभाव नहोस् र भएका गोदाममा के कस्तो अवस्था रहेको छ भनेर आजै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्ट, वाणिज्य सचिव डा वैकुण्ठ अर्याललगायतको टोलीले कालीमाटी, कलेश्वर क्षेत्रका खाद्य स्टोरमा अनुगमन गरेको छ ।

स्टोरमा आगामी एक महिनालाई पुग्ने खाद्यान्न मौज्दात रहेको पाइएको छ । मन्त्री भट्टले खाद्य पदार्थको आपूर्ति र व्यवस्थापनमा सहजीकरण गर्न सम्बद्ध स्टोरलाई आग्रह गर्नुभयो । उहाँले कुनै समस्या आए मन्त्रालयलाई भन्न वा सोझै आफूसँग सम्पर्क गर्नसमेत आग्रह गर्नुभयो । स्टोरका सञ्चालक एवं नेपाल चेम्बर अफ कमर्शका आपूर्ति सभापति देवेन्द्रभक्त श्रेष्ठले आफूहरुसँग झण्डै एक महिनालाई पुग्ने चामल, दाल तथा मैदा रहेको भन्दै विपद्को समयमा आफूहरुलाई आपूर्ति गर्न कुनै समस्या नभएको मन्त्री भट्टलाई जानकारी दिनुभयो ।

उहाँले लकडाउनको समयमा श्रमिक नपाइएको तथा आयातमा भने केही बढी मूल्य तिर्नुपरेको समेत बताउनुभएको थियो । उहाँले खाद्य पदार्थको आपूर्तिका लागि चालक तथा श्रमिकलाई सहज रुपमा आउने वातावरण बनाइदिनसमेत आग्रह गर्नुभएको थियो । श्रेष्ठको मागलाई आफूहरुले सहजीकरण गरिदिने मन्त्री भट्टको प्रतिबद्धता थियो । नेपालमा नै धान कुट्ने मिल रहेको र धानसमेत पर्याप्त रहेकाले कुटानी पिसानीमा केही सहज गरिदिनसमेत आग्रह गरिएको थियो ।

उहाँले ढुवानी महँगो भएको र श्रमिकसमेत कम भएकाले लोड अनलोडमा समस्या देखिएको भन्दै सुधार गरिदिन आग्रह गर्नुभएको थियो । मन्त्री भट्टले नियमित रुपमा मन्त्रालयको टोली र आफूसमेत समग्र अवस्थाको मूल्याङ्कनमा निरन्तर खटेको भन्दै सहयोगका लागि व्यापारीलाई आग्रहसमेत गर्नुभएको थियो । मन्त्री भट्टलगायतको टोलीले कुलेश्वरका विभिन्न खाद्य पसल तथा स्टोरको अनुगमन गर्नुभएको थियो ।