२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योग वाणिज्य महासंघद्धारा जिल्ला नगरसंघ मार्फत सहयोग



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना देशैभरका जिल्ला नगर उद्योग वाणिज्य संघहरुमार्फत स्थानीय स्तरमा गरिने सहयोगका लागि प्रत्येकलाई ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

महासंघका अध्यक्ष भवानी राणाको अध्यक्षतामा हिजो बसेको पदाधिकारी बैठकले देशभर रहेका एक सयभन्दा बढी जिल्ला नगर उद्योग वाणिज्य संघलाई प्रत्येकलाई रु ५० हजारका दरले सो रकम उपलब्ध गराइने निर्णय भएको उपाध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो ।

देशका जिल्ला तथा नगर संघहरुमार्फत स्थानीय स्तरमा खाद्यान्न, मास्कलगायतको सहयोग उपलब्ध गराउन थोरै भए पनि सहयोग पुगोस् भनेर रकम पठाउने निर्णय गरिएको ढकालले बताउनुभयो ।

यसैगरी महासंघले नेपाल सरकारले स्थापना गरेको कोरोना राहात कोषमा रु ५० लाख सहयोग गरेको छ ।

नेपाल सरकारद्धारा स्थापित सो कोषमा उक्त रकमको चेक हस्तान्तरण गरेको महासंघले जनाएको छ । महासंघले उक्त रकमका अतिरिक्त केही खाद्यान्नलगायतका सामग्रीहरु पनि सहयोग गरेको थियो ।