१३ भाद्र २०८३, शनिबार
,
Latest
सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा संघले भोलि र्‍याली निकाल्न नपाउने, प्रशासनले लगायो रोक



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले शनिबार देशभक्ति र राष्ट्रिय एकताको सन्देशका लागि आयोजना गर्न लागेको मोटरसाइकल र्‍यालीमा प्रशासनले रोक लगाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले शुक्रबार सूचना जारी गर्दै शनिबारका दिन फरक–फरक समूहहरूले काठमाडौंका विभिन्न स्थानमा मोटरसाइकल र्‍याली तथा सभा गर्ने जानकारी आएको बताउँदै यस्ता कार्यक्रमले सुरक्षा चुनौती बढाउन सक्ने भन्दै रोक लगाउने निर्णय गरिएको जानकारी दिएका छन् ।

प्रशासनले गत भदौ २३ गतेको जेनजी आन्दोलनपछिका तोडफोड, आगजनी र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको क्षतिको घटनालाई स्मरण गर्दै त्यस्ता अवस्थाको पुनरावृत्ति हुन नदिन प्रतिबन्ध आवश्यक भएको जनाएको छ ।

सूचनामा भनिएको छ, ‘आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउन कार्यमा थप जटिलता उत्पन्न हुन सक्ने भएकाले यस कार्यालयबाट र्‍याली, जुलुस, धर्ना, सभा र प्रदर्शनजस्ता कुनै पनि कार्यक्रम गर्न कसैलाई पनि स्वीकृति प्रदान नगर्ने निर्णय गरिएको छ।’

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)(क) र प्रहरी ऐन, २०१२ को दफा १९ बमोजिम उक्त सूचना जारी गरिएको प्रशासनले जनाएको छ ।