३० कार्तिक २०८२, आईतवार
,
Latest
२१ औँ राष्ट्रिय कफी दिवसः मागअनुसार उत्पादन नहुँदा कफीको आयातमा वृद्धि, २३० मे.टन कफी आयात यो सरकार ओली र लेखक थुन्नुलाई नै सुशासन ठानिरहेको छ, हामी बिना पैसा कलाबिहीन नाटक… ओलीको प्रश्न: यो सरकार कसको हो ? भारत १५ वर्षपछि घरेलु मैदानमा दक्षिण अफ्रिकासँग पराजित, १२४ रन पछ्याउन सकेन भगवान शिव र दक्ष प्रजापतिको कथाबाट सिक्न सकिने पाठः हाम्रो स्वभावमा अहंकार कसरी आउँछ ? संसद विघटनको प्रभावः अर्थतन्त्रसँग जोडिएका दर्जन बढी विधेयक प्रभावित अन्तरिक्षबाट फर्किएका ४ मुसासहित वैज्ञानिक नमूनाहरू चिनियाँ अनुसन्धान टोलीलाई हस्तान्तरण लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन मङ्सिर ८ गतेदेखि ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउँदै दुर्गा प्रसाईंको नागरिक बचाउ दलले गर्‍यो निर्वाचन आयोग पुगेर सनाखत
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टार्टअप वर्ल्डकपका लागि नेपाली टोली अमेरिका प्रस्थान



अ+ अ-

काठमाडौँ । स्टार्टअप वर्ल्डकप, २०२५ को विश्व प्रतिस्पर्धाका लागि नेपाल च्याम्पियन स्टार्टअप टोली संयुक्त राज्य अमेरिकाको सिलिकन भ्याली प्रस्थान गरेको छ ।

‘स्टार्टअप हब नेपाल’ र ‘वर्ल्ड ट्रेड गु्रप’ले नेपालमा आयोजना गरेको नेपालको सबैभन्दा प्रतिष्ठित अन्तरराष्ट्रिय स्टार्टअप प्रतिस्पर्धाको नेपाल विजेता डिएल सर्फका तर्फबाट संस्थापक अर्जुन घिमिरे बिहीबार अमेरिका प्रस्थान गर्नुभएको हो । रु १४ करोड ४० लाख बराबरको पुरस्कार रहेको प्रतिस्पर्धामा नेपालले विजेता बन्ने सपना देखेको स्टार्टअप हब नेपालका अध्यक्ष तथा साउथ एसिया प्रमुख डा शम्भु पोखरेलले बताउनुभयो । यो प्रतियोगिताले नेपाली स्टार्टअपलाई विश्वव्यापी सोच राख्न प्रेरित गर्ने उहाँको भनाइ छ ।

यही अक्टोबर १७ देखि २२ सम्म अमेरिकामा हुने ग्लोबल फिनालेमा नेपालको प्रतिनिधित्व गर्दै डिएल सर्फले विश्वका सय देशका च्याम्पियन स्टार्टअपसँगग प्रतिस्पर्धा गर्नेछन् ।

स्टार्टअप वल्र्डकपको स्थापना विश्वकै धनी व्यक्ति एलन मस्कको स्पेस एक्सको कम्पनी पिगासस टक भेञ्चरले सुरु गरेको हो । यो विश्वकै सबैभन्दा ठूलो स्टार्टअप प्रतियोगिता मानिन्छ, जसले उद्यमीलाई ग्लोबल एक्सपोजर, लगानी र विश्वस्तरमा आफ्नो सञ्जाल विस्तार गर्ने अवसर दिने गरेको छ ।