४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

मिथिलाञ्चलमा आज करवाचौथ पर्व मनाइँदै

मिथिलाञ्चलमा आज करवाचौथ पर्व मनाइँदै
अ+ अ-

जलेश्वर । महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा आज करवाचौथ पर्व मनाइँदैछ ।

मिथिलाञ्चलमा बसोबास गर्ने विवाहित नारी अर्थात् मिथिलानीले आज पतिको दीर्घायुको कामना गर्दै करवाचौथ पर्व मनाइरहेको महोत्तरी सदरमुकाम जलेश्वर नपा–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवका पुजारी पण्डित उपेन्द्र पाठकले बताउनुभयो । मिथिलानीहरु आजको दिनभरि निराहार उपवास बसेर राति चन्द्रमा उदाएपछि चन्द्रमाको पूजा अर्चना र दर्शनपछि पतिको पूजा अर्चना तथा दर्शन गरेर पतिकै हातबाट जल ग्रहण गर्दै यस पर्वलाई समापन गर्नेछन् ।

आज बिहानैदेखि निराहार, निर्जल व्रत बसेर राति चन्द्रमा उदाएपछि पहिले चन्द्रमा दर्शन र पूजा गरेर पछि पुनःपतिको पूजा गर्दै व्रतालु महिला पूजापश्चात् पतिको हातबाट सबैभन्दा पहिले पानी (जल) ग्रहण गर्दछ भने त्यसपछि पतिलाई प्रसाद र पकवान खुवाउँदै आफू पनि प्रसाद खाएर व्रत समापन गर्ने चलन रहेको जलेश्वर–८ का पण्डित गोविन्द झाले बताउनुभयो ।

यसपर्वमा चन्द्रमा पूजा गरिने तथा चन्द्रमाकै रुपमा आआफ्ना पतिलाई पनि पूजा गर्ने र चन्द्रमासँग आफ्ना पतिको चन्द्रमा जस्तै दीर्घायुको कामना गर्ने गरिन्छ । यस पर्वमा मिथिलानी राति रङ्गीचङ्गी नयाँनयाँ वस्त्र, चुरा, पोते, विभिन्न गर गहना, सिउँदोमा सिन्दुरसहित विभिन्न शृङ्गार गरेर चन्द्रमा उदाएपछि घरमा भएका चाल्ना (जालीसहितको आँटा छान्ने वस्तु) मा दीप जलाएर दीपको उज्यालोसँगै चाल्नाको जालीबाट चन्द्रमा दर्शन गर्दछन् भने चन्द्रमाको दर्शन गरेपछि पुनःसोही चाल्नामा चन्द्रमाको ठाउँमा आ–आफ्ना पतिलाई उभ्याएर पतिको दर्शन गर्दछन् ।

चाल्नाबाट चन्द्रमालाई हेर्नु र पुनःत्यही चाल्नाबाट पतिलाई हेरेर व्रत सम्पन्न गर्नु यसपर्वको प्रमुख प्रक्रिया हो । त्यसपछि चन्द्रमा र पति दुवैको विशेष पूजाअर्चन गर्दै मिथिलानीहरु यसपर्वलाई समापन गर्दछन् । करवाचौथ पर्व तराई–मधेसको महोत्तरी, धनुषा, सर्लाही, सिरहा, रौतहट, बारा, पर्सा, सप्तरी, मोरङ र भारतको विहार राज्यको मधुवनी, सीतामढी, मुजफ्फरपुर, पटना, दरभङ्गालगायत मिथिला क्षेत्रमा धुमधामका साथ मनाइन्छ ।