१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार

‘हेल्थ डेस्क’ राखेर खोलियो तातोपानी नाका

‘हेल्थ डेस्क’ राखेर खोलियो तातोपानी नाका
अ अ+ अ-

काठमार्डौं । कोरोना संक्रमण भित्रने जोखिम बढेपछि माघ १३ मा बन्द गरिएको चीनसँगको प्रमुख नाका तातोपानी पुनः सञ्चालनमा ल्याइएको छ। विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिमको ‘हेल्थ डेस्क’ राखेर बुधबार साँझबाट नाका खोलिएको कान्तिपुर अनलाइनले लेखेको छ।

नाकाबाट पहिलो लटमा १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएका छन्। प्रशासन, भन्सार, जनप्रतिनिधि र सुरक्षाकर्मीबीच छलफलपछि तीनबुँदे निर्णय गरी सुरक्षित रूपमा नाका खोलिएको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताउनुभयो। ‘सुरुवाती हेल्थ डेस्कको मापदण्डअनुरूप परीक्षण सकेर नाका खुलाइएको हो,’ उहाँले भन्नुभयो, ‘खाद्यान्न र मेडिकल सामान मात्रै आउनेछन्।’ बिएम डेर्डीका व्यवसायीले खरिद गरेको मास्क र सेनिटाइजर चिनियाँ प्रहरीले आवश्यक परीक्षण सकेर नेपाली चेकपोस्ट ल्याइदिएको उहाँले सुनाउनुभयो।

७५ सय वटा मास्क र ५ सय सेनिटाइजर हेल्थ डेस्कमा जाँचेर भन्सार कार्यालयको यार्डमा लगिएको थियो। ‘यो लिन नेपालकै एउटा सवारी बोर्डर पुगेको थियो, सिल्ड भएर राजधानी गइसकेको छ,’ पौडेलले भन्नुभयो। नाका र झिर्पुमा गरी १० बेडको आइसोलेसन र १० बेडको क्वारेन्टाइन कक्ष पनि तयार राखिएको उहाँको भनाइ छ।

मितेरी पुलपारि चीनतर्फ पनि विशेष स्वास्थ्य टोली तयारी अवस्थामा छ। तिनले चालकको स्वास्थ्यदेखि सवारीसाधन र तिनमा ल्याइएका सामग्रीसम्मको सुरक्षा जाँच गर्छन्।

एकअर्का देशमा कोरोना संक्रमण भित्रन नदिन नाकाका चिनियाँ प्रहरी अधिकारीले पनि कडा निगरानी गरिरहेको सीमास्थित सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक हरिबहादुर थापाले बताउनुभयो। ‘चीन पक्षले पनि कोरोना परीक्षणका लागि मितेरी पुलछेउ स्वास्थ्य टोली तयार राखेको छ,’ उहाँले भन्नुभयो।
चीनबाट भित्रिएका मास्क र सेनिटाइजर नाकामा कीटनाशक औषधि छर्केर मात्र राजधानी पठाइएको हो। मालवस्तु जाँचमा आवश्यक मेडिकल प्रोटोकल पालना गरिएको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीले बताउनुभयो।

सामान परीक्षण गर्न संलग्न कर्मचारीलाई संक्रमण रोक्ने कपडा उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो। नाका खुलेपछि स्थानीयले भने सुरक्षा सतर्कतालाई विशेष ध्यान दिन जनप्रतिनिधिलाई आग्रह गरेका छन्। ‘तातोपानी नाका खुलाइरहँदा आधा स्थानीय त्रस्त छन्, कोरोना भाइरसबाट हुन सक्ने जोखिमलाई पनि नियालियोस्,’ स्थानीय व्यवसायी सेते श्रेष्ठले भन्नुभयो।