१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार

भारतमा अलपत्र नेपालीको पीडा : रोगले भन्दा भोकले मरिन्छ की भन्ने डर

भारतमा अलपत्र नेपालीको पीडा : रोगले भन्दा  भोकले मरिन्छ की भन्ने डर
अ अ+ अ-

भीमदत्तनगर । कोभिड-१९ को जोखिम हुन नदिन भारतले गरेको ‘लकडाउन’ले महाराष्ट्रको मुम्बैमा अलपत्र परेका ६० जना नेपाली मजदूर समस्यामा परेका छन् ।

बैतडीका ती मजदूर तीन सातादेखि मुम्बैको बरौली र पवईस्थित ढावाको स्टाप कोठामा आश्रय लिइरहेका छन् । उनीहरुले उद्धारका लागि पहल गरिदिन आग्रह गरेका छन् । बरौलीमा होटलमा काम गर्दै आएका मेलौली नगरपालिका–४ का जगदीश भण्डारीले आफूहरु २२ दिनदेखि यहाँ अलपत्र परेको टेलिफोन मार्फत् जानकारी दिनुभयो । “एउटा सानो कोठामा १२/१५ जना खादिएर बसेका छौँ ।” उहाँले भन्नुभयो, “साहुले मुश्किलले अहिलेसम्म खाना दिएको छ ।”

उहाँले होटल साहुले स्वदेश फर्किन दबाब दिइरहेकाले झन समस्यामा रहेको दुखेसो पोख्नुभयो । “नयाँ दिल्लीमा रहेको नेपाली दूतावासमा धेरै पटक फोन गर्यौ ।” भण्डारीले दुखेसो पोख्दै भन्नुभयो, “दूतावासको फोन उठ्दैन ।” त्यसैगरी मुम्बैमै अलपत्र परेका मेलौली नगरपालिका–३ का सन्दीप चन्दले लकडाउनका कारण भोकै बस्नुपर्ने अवस्था आएको जानकारी दिनुभयो ।

“हुलिएर बसेका छौँ । बाहिर कोरोनाको संत्रास धेरै छ ।” उहाँले भन्नुभयो, “अहिलेसम्म यहाँको सरकारले स्वास्थ्य परीक्षणलगायत अन्य व्यवस्थापनमा कुनै चाँसो देखाएको छैन ।” उहाँले कोठाभित्र खादिएर बस्दा अन्य रोगको सङ्क्रमणको जोखिम रहेको बताउनुभयो ।

“यहाँ लकडाउन खुल्नासाथ साहुले घर जान भनिरहेको छ ।” उहाँले भन्नुभयो, “हामीलाई यहाँबाट उद्धार गरिए नेपालमा क्वारेन्टाइनमा बस्थ्यौँ ।” त्यसैगरी मुम्बैको पवईमा अलपत्र नेपालीले पनि उद्धारको याचना गरेका छन् । बैतडीकै नरेन्द्र चन्दले मुम्बैमा धेरै नेपाली अलपत्र रहेको जानकारी दिनुभयो ।

“एक्कासी लकडाउन भयो, नेपाल टाढा भएकाले फर्किन सकेनौँ ।” उहाँले भन्नुभयो, “यहाँ रोगले भन्दा पनि भोकले मरिन्छ की भन्ने डर छ ।” उहाँले भारतमै भए पनि क्वारेन्टाइनमा राख्न प्रबन्ध मिलाइदिन भारतीय सरकारसित आवश्यक समन्वय गरिदिन आग्रह गर्नुभयो ।

“नेपाल–भारत सीमानामा त दुवै देशका नागरिकलाई व्यवस्थापन गरिएको भन्ने सुन्छौँ ।” चन्दले भन्नुभयो, “हामी यहाँ रहरले होइन बाध्यताले मजदुरी गर्न आएका हौँ ।” सुदूरपश्चिममेली नागरिकको सदियौँदेखिको रोजगारीको प्रमुख गन्तव्य हो, भारत । लकडाउनअघि र पछिको समयमा सुदूरपश्चिमका नाकाबाट एक लाख ४३ हजार नागरिक भारतबाट फर्किएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका प्रवक्ता झंकरबहादुर विष्टको भनाइ छ ।

नेपाल–भारत सीमामा करिब एक हजार ५०० को हाराहारीमा नेपाली क्वारेन्टाइन बसेका छन् । कञ्चनपुरमा भने सिमावर्ती भारतीय बजार बनवासा र टनकपुरमा गरी २३५ जना नेपाली क्वारेन्टाइनमा रहेको कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले जानकारी दिनुभयो ।

“हाम्रो भारतीय पक्षसित सधैँ सम्र्पक र समन्वय हुँदैछ ।” उहाँले भन्नुभयो, “त्यहाँ आश्रित नेपालीलाई राम्रै व्यवस्थापनमा राखिएको छ । र त्यहाँ रहेकाबाट कुनै गुनासो पनि आएको छैन ।” सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले सीमा सुचारु भएपछि सीमा क्षेत्रमा रहेका नेपालीहरुलाई कहाँ, कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पछि छलफल हुनसक्ने बताउनुभयो ।

“सीमा क्षेत्रमा आवागमन रोक्न यहाँका खुलानाका समेत सशस्त्र प्रहरी थप परिचान भएको छ ।” उहाँले भन्नुभयो, “जो जहाँ छौँ, त्यही सुरक्षित बसौँ भन्ने सोच राख्नुपर्छ ।” बझाङमा लकडाउन उल्लङघन गरी धार्मिक मेला सञ्चालन भएपछि नियन्त्रणमा लिइएका चार वडाध्यक्षसहित नौ लाई प्रहरीले थप छानविन र कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय बझाङ पठाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षण गणेश वमले नियन्त्रणमा लिइएका वडाध्यक्षसहित नौ जनालाई सङ्क्रमण रोग ऐन २०२० अन्तर्गत कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय पठाएको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले मेला सञ्चालनमा आरोपमा नियन्त्रणमा लिइएका वडाध्यक्षसहितको छानविन भइरहेको जानकारी दिनुभयो ।

“छानविन गर्दैछौँ, उहाँले भन्नुभयो, “दोषी भेटिए ऐनअनुसार कारवाही हुन्छ ।”
बझाङको छविसपाथिभेरा गाउँपालिकामा लकडाउनको बेवास्ता गरी बान्नीकी चैतेली नामक विशाल धार्मिक मेला सम्पन्न भएको थियो । सोही मेला सञ्चालनको आरोपमा छविसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडी, वडा नम्बर ३ का वडाध्यक्ष केशवराज जोशी, वडा नम्बर ४ का वडाध्यक्ष अम्मरराज थापा र वडा नम्बर ५ का वडाध्यक्ष तथा गाँउपालिकाका प्रवक्ता लोकेन्द्रबहादुर ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अन्य पक्राउ पर्नेमा बान्नी मष्टा मन्दिरका पुजारी निर्पप्रसाद जोशी र उहाँका दुई सहयोगी फसलपाते पण्डित डम्बरबहादुर धामी र पूजारी जयकृष्ण जोशी, स्थानीय रजबार इन्द्रबहादुर सिंह र मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर सिंह रहेका छन् ।