१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार

राष्ट्रपतिको दौडबाट बर्नी स्यान्डर्स बाहिरिए

राष्ट्रपतिको दौडबाट बर्नी स्यान्डर्स बाहिरिए
अ अ+ अ-

वासिङ्टन । सिनेटर बर्नी स्यान्डर्सले बुधबार अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवारी परित्याग गरेको घोषणा गर्नु भएको छ । स्यान्डर्सको यो घोषणासँगै अमेरिकाको आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेनको उम्मेदवारी निश्चितझैं भएको छ ।

कोरोनाभाइरसको महामारीको पृष्ठभूमिमा हुने आगामी निर्वाचनमा बाइडेनको प्रतिस्पर्धा रिपब्लीकन पार्टीका तर्फबाट उम्मेदवारी दिनुहुने राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुनेछ ।

स्यान्डर्सले यसपटकको प्राइमरी चुनावका शुरुआती दिनहरुमा पनि सन् २०१६ को झैं आम मतदातामा व्यापक उत्साह जगाउने विश्वास गरिएको थियो । तर उहाँले प्रगतिशीलहरूको समर्थनलाई सशक्त रुपमा रूपान्तरण गर्न सक्नु भएन । लोकतान्त्रिक समाजवादी विचारधाराका अनुयायी स्यान्डर्सले आम मतदातालाई रिझाउन सक्ने सम्भावनामाथि चुनावी प्रचारकै क्रममा प्रश्न उठेको थियो ।

“चुनावमा विजयी हुने सम्भावना लगभग असम्भव देखियो,” स्यान्डर्सले समर्थकहरुलाई बुधबार भन्नुभयो । “मनोनयनमा पर्ने केही सम्भावना देखिएको भए म निश्चित रुपमा अभियानलाई जारी राख्ने थिएँ, तर अहिले त्यो सम्भव देखिएन ।”

उहाँले पार्टीका वरिष्ट सदस्य बाइडेनलाई “अत्यन्तै सभ्य” व्यक्ति रहेको बताउनुभयो । तर उहाँले बाइडेनलाई स्पष्ट अनुमोदन भने गर्नु भएन । स्यान्डर्सले आफ्नो नाम चुनाव हुन बाँकी रहेका राज्यका मतपत्रमा अझै रहने बताउनुभयो । बाँकी राज्यको चुनावबाट आफूले केही प्रतिनिधि प्राप्त गर्न सक्ने र त्यसबाट डेमोक्र्याटिक पार्टीको मञ्चमा “महत्वपूर्ण प्रभाव” सिर्जना गर्न सकिने बताउनुभयो ।

पार्टीका धेरैजसो वरिष्ट सदस्यले समर्थन गरेका बाइडेनले बुधबार स्यान्डर्ससँग छोटो कुराकानी गरेको जानकारी दिनुभयो । बाइडेनले भन्नुभयो, “स्यान्डर्सले राजनीतिक अभियान मात्र चलाउनु भएन । उहाँले एउटा आन्दोलन नै सिर्जना गर्नुभयो । यो हाम्रो राष्ट्र र हाम्रो भविष्यको लागि राम्रो चीज हो । उहाँको अभियान समाप्त भएको छ, तर मलाई थाहा छ कि उहाँको नेतृत्व जारी रहनेछ ।”

ट्रम्पले बुधवार ट्वीट गरेर डेमोक्र्याट पार्टीभित्रको तनाब छताछुल्ला भएको टिप्पणी गर्नु भएको थियो । पार्टीले सिनेटर स्यान्डर्सका बिरूद्ध दौड नै खडा गरेको ट्रम्पले आरोप लगाउनुभयो । राष्ट्रपति ट्रम्पले सिनेटर स्यान्डर्सका समर्थकहरु “रिपब्लिकन पार्टीमा आउनु उपयुक्त” हुने सुझाव दिनुभयो ।

स्यान्डर्सले यसपटकको ह्वाइट हाउसको अभियानका क्रममा चार वर्षअघि हिलारी क्लिन्टनको विद्रोही विकल्पका रूपमा झैं समर्थन जुटाउन सक्नेमा शुरुमै आशंका गरिएको थियो । उहाँमाथि आम मतदाताले शुरुदेखि नै प्रश्नहरु गरिरहेका थिए । सन् २०१६ मा २२ वटा राज्यमा विजयी स्यान्डर्स यसपटक डेमोक्र्याटिक पार्टीबाट छनौट हुने निश्चित थिएन ।

तर स्यान्डर्सले शसक्त चुनावी अभियान र रकमको बलियो समर्थन प्राप्त गर्नु भएको थियो । उहाँले सबैजसो चुनावी चन्दालाई अनलाइनबाट सार्वजनिक गर्नु भएको थियो । पहिलो पटकजस्तै उहाँले यस चुनावी अभियानमा युवा मतदाताका साथै हिस्पानिक समुदायको समर्थन प्राप्त गर्नु भएको थियो । तर अफ्रिकी अमेरिकीहरूसँग उहाँको अपील कमजोर देखिएको थियो ।

स्यान्डर्सले पहिलो चरणमा चुनाव भएका आयोवा र न्यु ह्याम्पशायर राज्यमा सबैभन्दा बढी मत प्राप्त गर्नु भएको थियो भने नेभाडामा सहजै जित हासिल गर्नुभयो । प्रारम्भिक चुनावमा प्राप्त गरेको यो सफलता धेरै टिक्न सकेन ।

तर बाइडेनले दक्षिणी क्यारोलिना राज्यका प्रभावशाली पार्टी नेता जिम क्लाइबर्नको समर्थन प्राप्त गर्नुभयो । उहाँले यस राज्यमा सोचेभन्दा बढी मत पाएर चुनाव जित्नु भयो । उता सुपर ट्युज्डे भनिने मतदानमा १४ मध्ये १० राज्यमा विजयी हासिल गरेर चुनावी दौडमा व्यापक अग्रता हासिल गर्नुभयो ।

उक्त चुनावको केही दिनभित्रै बाइडेनका पूर्व डेमोक्र्याटिक प्रतिद्वन्द्वीहरूले उहाँको पक्षमा समर्थन जनाउनुभयो ।

एकपछि अर्को चुनावी दौडमा पराजित हुनेक्रममा सन् २०१६ मा हिलारी क्लिन्टनलाई पराजित गरेका स्यान्डर्स मिसिगन राज्यमा पराजित हुनुभयो । यसबाट उहाँको अवस्था झन झनै खराब भयो । त्यसैरात उहाँले मिजौरी, मिसिसिपी र इडाहोमा पनि हार व्यहोर्नु परेको थियो ।

कोरोनाभाइरसको प्रकोपले चुनावी अभियान लगभग स्थगित भए जसका कारण स्यान्डर्सलाई ठूला सभाहरु गर्न समस्या देखियो । उहाँको शक्ति नै सभाहरुमा जोडदार रुपमा प्रस्तुत भएर जनताको समर्थन प्राप्त गर्नु हुन्थ्यो ।

अग्रणी प्रगतिशील धारको नेतृत्व गर्ने स्यान्डर्सको चुनावी अभियान समाप्त गर्ने घोषणासँगै बाइडेनले बुधबार नै स्यान्डर्सका समर्थकहरुलाई एकताबद्ध भएर चुनावी प्रचारमा लाग्न अनुरोध गर्नुभयो ।

“मलाई आशा छ तपाईंहरु हाम्रो यस अभियानमा सहभागी हुनुहुनेछ,” उहाँले एक वक्तव्यमा भन्नुभयो । “तपाईहरुलाई हार्दिक स्वागत छ । तपाइँको यहाँ अति जरुरी छ ।”

तर स्यान्डर्सले आफू चुनावी अभियानबाट अलग भएपनि आफू अझै पनि एक शक्तिका रुपमा रहिरहने स्पष्ट गर्नुभयो ।

“कृपया यस लडाइँमा तपाइँहरु मेरो साथमै रहनुहोला,” उहाँले भन्नुभयो, “हाम्रो सङ्घर्ष जारी छ ।”