१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार

बजारमा गएको स्वास्थ्य सामग्री कतै गुणहीन त छैन ?

बजारमा गएको स्वास्थ्य सामग्री कतै गुणहीन त छैन ?
अ अ+ अ-

काठमाडौं । कोभिड–१९ को जोखिम हुन नदिन उपयोग हुने स्यानिटाइजर, मास्क, थर्मल गन, व्यक्तिगत सुरक्षा उपकरण (पिपीइ) लगायत स्वास्थ्य सामग्रीको प्रयोग बढ्दो छ । त्यस्ता सामग्री कत्तिको गुणस्तरयुक्त छ रु कुन मापदण्डको आधारमा बजारमा पुगेको हो रु प्रयोगका लागि योग्य नै छ त रु गुणस्तरयुक्त छ भन्ने विश्वासिलो आधार के छ ? अहिले नागरिकको मुख्य चासोको विषय बनेको छ ।

त्यस्ता सामग्री बजारमा छ्याप्छ्याप्ती गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक अनुगमनमा गर्न सकेको छैन । सबैभन्दा बढी ह्याण्ड स्यानिटाइजरको जथाभावी रुपमा बिक्री वितरण हुने क्रम बढेको छ । नेपालमा खास मापदण्ड नबनेकाले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डलाई आधार मानेर स्वास्थ्य सामग्री तयार गर्न मन्त्रालयले निर्देशीका जारी गरेको छ । तर यस्ता स्वास्थ्य सामग्रीलाई व्यापारको साधन बनाएर महङ्गो मूल्य लिने र गुणहीन सामग्री वितरण गर्ने क्रम बढेको छ ।

औषधि व्यवस्था विभागले बजारमा पुगेका कतिपय स्यानिटाइजर गुणहीन भएको पुष्टि परिसकेको छ । भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आयुर्वेद फर्माले मिथानोल ९विषक्त रसायन० हालेर स्यानिटाइजर बजारमा पुर्यायो । फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल औषधि लिमिटेडको गोदाममा स्यानिटाइजर थन्किरहेका बेला यसरी गुणहीन सामग्री बजारमा व्यापक बिक्री भइरहेको छ ।

कोभिड–१९ को जोखिमका समयमा उपभोक्ताको जीवनसँग खेलवाड गर्दै निर्धारित गरेको मापदण्ड विपरीतको नक्कली स्यानिटाइजर विक्री गरेको पाइएको हो । विभागका अनुसार उक्त फर्माबाट १४९ थान स्यानिटाइजर बरामद गरिएको छ । कति बजारमा पुगे भनेर लेखाजोखा छैन । विभागका सूचना अधिकारी सन्तोष केसी भन्नुहुन्छ, “मिथानोल भनेको एक प्रकारको पोइजन हो, यो हाल्नै पाइदैन, ईथानोल प्रयोग गर्ने हो, तोकिएको मापदण्डमा अल्कोहल ९७० देखि ८० प्रतिशत० हाल्ने हो तर त्यो गुणस्तरहिन पाइयो ।”

त्यस्ता झोल सेनिटाइजरको मूल्य प्रति १०० एमएल रु १२५ र जेलको रु १४५ तोकिएको छ । त्योभन्दा बढी मूल्यमा बजारमा स्यानिटाइजर बिक्री भइरहेको छ । कतिपयले जर्कीन मै सेनिटाईजर भनेर दिने चलन देखिएको छ ।

विभागले एक सूचना जारी गरी मापदण्ड विपरीतमा सेनिटाइजर बिक्री भइरहेको भन्दै ध्यानाकर्षणसमेत गराएको छ । विभागले बजारमा न्यून गुणस्तरका सेनिटाइजर बिक्री भइरहेको भन्दै प्रयोगकर्ताहरुलाई त्यसको तह यकिन गरेर मात्रै प्रयोग गर्न अनुरोध गरेको छ ।

त्यस्ता गुणस्तरहिन स्वास्थ्य सामग्रीले मानिसको स्वास्थ्यमा अर्को समस्या निम्तने खतरा बढेको छ । मिथानोल छालामा पर्दा असर गर्छ । दृष्टी गुम्न सक्छ भने ज्यान जोखिममा पार्न सक्ने रसायन हो । विभागले केही कस्मेटिक उद्योगले मापदण्ड विपरीत यस्ता सामान बिक्री गरिरहेको सूचना आएकाले गम्भीर रुपमा लिएर अनुसन्धान थालेको जनाएको छ ।

स्यानिटाइजर मात्रै होइन पिपीइ लगायतका स्वास्थ्य सामग्रीको समेत यत्रतत्र बिक्री वितरण सहयोग उपलब्ध भइरहेको छ । यस्ता सामग्री सहयोग गर्ने संस्था पनि बढ्दो छ । यस्ता सामग्री गुणस्तरयुक्त हुन् भन्नेमा आशंका उब्जिएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ यस्ता सामग्री बजारमा जथाभावी रुपमा पुगेको स्वीकार गर्नुहुन्छ । “जसले पनि ल्याएका छन्, बाँडेका छन्, जसले पायो उसैले लगाएका छन्, हुँदा हुँदै जनप्रतिनिधिहरुले समेत पिपीइ लगाएको पाइयो, यसरी दुरुपयोग गर्नु भएन नी”, उहाँले भन्नुभयो ।

बिरामीसँग प्रत्यक्ष जोडिएर काम गर्नेहरुका लागि मात्रै पिपीइ चाहिन्छ भन्ने कुरा बुझ्नुपर्ने उहाँ बताउनुहुन्छ । बजारमा गइरहेको सामग्रीको विषयमा भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुगमन गर्न नसकेको महानिर्देशक श्रेष्ठले स्वीकार गर्नुभयो । एकातर्फ गुणहीन सामानको बजारमा देखिएका बेला समस्यालाई नाफा कमाउने अवसर ठानी मूल्यमा कालोबजारी हुने गरेको छ । शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल थर्मल गनमा कालोबजारी गरेकोको आरोपमा केही दिन अघि पक्राउ पर्नुले पनि उक्त तथ्य प्रष्ट पार्छ । कोभिड–१९ को विश्वव्यापी महामारीको समयमा तीन हजार ५०० पर्ने थर्मल गनलाई रु १५ हजारसम्ममा बेचेको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले बताउनुभयो । म्याद थप गरेर उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।