१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार

कोरोनालाई जित्ने इटालीकी १०३ वर्षीया वृद्धाको भनाई– आत्मबलले बाचेँ

कोरोनालाई जित्ने इटालीकी १०३ वर्षीया वृद्धाको भनाई– आत्मबलले बाचेँ
अ अ+ अ-


रोम – यतिबेला कोरोनाभाइरसको संक्रमणले विश्वलाई नै त्रसिद् बनाएको छ । समाचारमै भनिन्छ कि विश्वभर नै वृद्धवृद्धाहरुलाई यो भाइरसको धेरै खतरा छ । धेरै मृत्यु बृद्धबृद्धाकै भएका रिपोर्टहरु पनि आइरहेका छन् । तर इटालीमा कोरोना संक्रमित १०३ वर्षीया एक वृद्धाले भने भाइरसलाई परास्त गरेकी छिन् । १०३ वर्षिया अडा जानुस्सोले सबैलाई आश्चर्यचकित बनाएकी छिन् । उनी निको भएर केयर होममा फर्किएकी छिन् ।
अडा यही आउने अगस्ट महिनामा १०४ वर्षमा टेक्दैछिन् । जानुस्सोको यो कथालाई अहिले इटाली र विश्वभर अनौठो एवं आश्चर्यजनक घटनाका रुपमा प्रकाशन, प्रशारण गरिएको छ । आखिर जानुस्सोले कसरी प्राणघातक कोरोनाभाइरसलाई पराजित गरिन् ? उनको अनुभव छ– मेरो साहस र आत्मविश्वास हो ।


राज्यको सम्मान पाएकी जानुस्सो ठीक भएको परिघटनालाई अरुका लागि प्रेरणाको रुपमा व्याख्या गर्न थालिएको छ । इटाली र फ्रान्समै “सुपर ओल्ड” अर्थात् १०० वर्ष नाघेका अतिवृद्ध नागरिकको विशेष दर्जा पाएका धेरै कोरोना संक्रमितको यसपटक मृत्यु भएको छ ।
एसोसिएटेड प्रेससँगको गत मंगलबारको एक संक्षिप्त अन्तर्वार्तामा जानुस्सोले भनिन् – “म अहिले ठीक छु, स्वास्थ्य राम्रो छ ।” उनी अहिले वृद्धवृद्धाका लागि बनाइएको लेस्सोनाको मारिया ग्राजिया रेसिडेन्समा बस्छिन् । उनले भनिन् “म टिभी हेर्छु, अखबार पढ्छु ।”
जानुस्सोले सुरक्षात्मक मास्क लगाएकी हुन्छिन् । उनको देखभाल गर्ने ३५ वर्षीया डक्टर कार्ला फर्नो मार्चेसले पनि मास्कका अतिरिक्त आँखा र टाउको ढाक्ने विशेष सुरक्षात्मक साधनको प्रयोग गर्छिन् ।
पहिले के भएको थियो भनेर सोधिएको प्रश्नमा जानुस्सोले भनिन् – “मलाई अलिअलि ज्वरो आएको थियो ।” डा कार्लाले जानुस्सोलाई एक साता अस्पतालको शैयामा राखिएको बताइन् । “जानुस्सोले एक सातादेखि केही नखाएका कारण शरीरको सुक्खापन हटायौं, र त्यसपछि पनि उनी त्यसै ओइलाएजस्तो र कुनै प्रतिक्रियाविहीन देखिन्थिन् ।”
“एक दिन उनले आँखा खोलिन् र विगतको झैं नित्यकर्ममा जुटिन्,” डा कार्लाले बताइन् । कार्लाका अनुसार जानुस्सो आफैं बस्न सक्ने भएपछि उठेर यताउता गर्न थालिन् ।
के ले उनलाई यो रोगबाट उम्कन सहयोग गरेको थियो ? जानुस्सो भन्छिन्, “केही होइन, साहस र आत्मविश्वास ।” यसैले उनलाई बचायो, र उनी बिरामी भएका अरुलाई पनि यही सल्लाह दिन्छिन् ।
कोविड–१९ ले सामान्य किसिमको लक्षण पनि देखाउन सक्छ, र त्यसैले त्यस्ता बिरामी चाँडै निको हुन्छन् । तर पहिल्यैदेखि स्वास्थ्य समस्या रहेका बुढ्यौली उमेरका व्यक्तिहरुलाई भने बढी सताउँछ ।
इटालीमा अहिले लकडाउनको अवस्था छ । डा कार्लाले जानुस्सोलाई लकडाउन खुलेपछि के गर्नुहुन्छ भनी सोधिन् । उनको जवाफ फेरि पनि मर्मस्पर्शी र प्रेरणादायी छ । “म मज्जाले बाहिर हिँडडुल गर्न चाहन्छु ।” अनि तीन जना पनातिसँग ? “हो, मलाई उनीहरु खेलेको हेर्ने चाहना छ ।”
अहिलेलाई भने जानुस्सोलाई केयर होमका अरु व्यक्तिसँग भेटघाट गर्न दिइएको छैन । उनको स्वाब परीक्षण बेलाबेला गर्ने गरिएको छ, र सबैजसो रिपोर्ट नेगेटिभ आएका छन् ।
आगामी अगस्ट १६ मा १०४ वर्षमा प्रवेश गर्ने जानुस्सोका चार जना छोराछोरी (यीमध्ये तीन जना जीवित छन्), चार जना नातिनातिना र तीन जना पनाति पनातिनी छन् ।
डा कार्ला भन्छिन्, “उनी निकै बुढी छिन्, तर स्वस्थ । उनलाई कुनै दिर्घ रोग पनि छैन ।”
यसैसाता इटालीको मिलानस्थित अखबार कोरिएर डेल्ला सेराले पहिलो पृष्ठको पूरै भागमा जानुस्सोको कथा छापेको छ । ठूलो संख्यामा मानिसको मृत्यु भएर दुःखमा डुबेको इटालीमा जानुस्सोको यस प्रेरणादायी कथाले आम मानिसको मनमस्तिष्कमा एउटा सान्त्वना दिएको छ । (एपी समाचार समितिबाट अनुवादित)