१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार

राप्रपा निकट युवा विद्यार्थीद्वारा पत्रकार र विद्यार्थीलाई सहयोग

राप्रपा निकट युवा विद्यार्थीद्वारा पत्रकार र विद्यार्थीलाई सहयोग
अ अ+ अ-

काठमाडौ । राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र युवा संगठनका नेताहरूले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा प्रतिकुल परिस्थितिमा पनि अनवरत सडकमा क्रियाशील पत्रकारलाई मास्क, सेनिटाइजर पञ्जा लगायतका सामग्री र विद्यार्थीलाई खाद्यान्न उपलब्ध गराएका छन् ।

युवा संगठनका उपाध्यक्ष कैलाश कटुवाल, सचिव हिकमत जङ्ग कार्की र काठमाडौं जिल्ला अध्यक्ष रिद्धि प्रताप राणा आज स्वास्थ्य प्रोटोकललाई ध्यान दिदै तिलगंगा स्थित नेपाल पत्रकार महासंघको कार्यालय पुगी सभापति गोविन्द आचार्यलाई २०० थान सर्जिकल मास्क, २० थान एन-९५ मास्क, ५० बोतल स्यानिटाइजर र २५० थान सर्जिकल ग्लोभ्स उपलब्ध गराएका हुन् । सो अवसरमा संगठनका उपाध्यक्ष कटुवालले कोरोना भाइरसको संक्रमणको त्रासका बीच पनि नेपाली सञ्चारकर्मीले जनतालाई सुसूचित गर्न कुनै कसर बाँकी नराखी अनवरत क्रियाशील भएकोमा प्रसन्नता र प्रशंसा गरेका छन् । सचिव कार्कीले ज्यानको बाजि राखेर जतिसुकै संकटको घडीमा पनि पत्रकारले सुचना प्रवाहमा गरेको योगदानको जति प्रशंसा गरेपनि कम हुने बताएका छन् । आम नागरिक लकडाउनको बेला घरमा बसेर समाचार हेर्ने, सुसूचित हुने, विश्लेषण गर्ने गर्छौ( कार्कीले भने यसका पछाडि पत्रकारको कैयन दुस्ख, कष्ट र मिहिनेत हुन्छ त्यो अन्दाज गर्न सक्छौं, त्यसैले जिम्मेवार नागरिकको रुपमा महासंघ मार्फत फिल्डमा खटिएका सञ्चारकर्मीलाई आफूहरूको तर्फबाट सहयोग गरेको बताएका छन् ।

यसैगरी राष्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठन र राप्रपा निकट गैह्र सरकारी संस्था समन्वय विभागले आज विभिन्न जिल्लाबाट अध्ययनका लागि काठमाडौंको बिजेश्वरी होस्टेल ,किर्तिपुर पाँगा दोबाटो, पाँगा बसपार्क , नयाँबजार, बल्खु लगायतका स्थानमा डेरा गरि बसेका बिद्यार्थीलाई खाद्यान्न लगायतका आवश्यक सामग्री उपलब्ध गराएका छन् ।

विभागकी प्रमुख कुन्ती पोखरेल, राप्रविसंका अध्यक्ष महेश बहादुर सिंह, महासचिब जनक फडेरा लगायतको टोली विभिन्न स्थानमा पुगी लकडाउनका कारण कष्टमा रहेका विद्यार्थीलाई सहयोग गरेका हुन् । गैर सरकारी विभाग प्रमुख पोखरेलले सहयोग सामग्री जुटाएको र राप्रबिसंले सहयोग वितरण कार्यमा समन्वय गरिरहेको छ । सहयोग वितरणलाई निरन्तरता दिने र आफूहरू अप्ठ्यारोमा परेका विद्यार्थीहरुलाइ सहयोग गर्न तत्पर रहने संगठनका अध्यक्ष सिंहले जानकारी दिएका छन् ।