२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार नाघ्यो- ४ लाख ६० हजार संक्रमित



अ+ अ-


काठमाडौँ । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ हजार ४ सय पुगेको छ । बिहीबारसम्म यो संख्या पुगेको समाचार संस्था रोयटर्सले जनाएको छ।

यसका साथै यहाँ कोरोनाको प्रकोप उच्च बिन्दुमा पुग्न लागेको संकेतहरू पनि मिलेको सो समाचार समितिले जनाएको छ।

अमेरिकी अधिकारीहरूले आफ्ना नागरिकहरूलाई कोरोना भाइरसका कारण हुने मृत्यु यो साता चिन्ताजनक संख्यामा देखिने चेतावनी दिएका छन्। पछिल्लो आँकडा अनुसार अमेरिकामा संक्रमित संख्या बिहीबारसम्म ४ लाख ५९ हजार पुगेको छ। बिहीबार मात्रै त्यहाँ २७ हजार नयाँ संक्रमित भेटिएका उसले जनाएको छ। त्यसै बिहीबारमात्र यहाँ १ हजार भन्दा बढीको ज्यान गएको छ ।

यसैगरी रोयटर्सले कोरोना भाइरसको इपिसेन्टर न्यू योर्क राज्यमा नयाँ संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको उल्लेख गरेको छ।

अमेरिकी स्वास्थ्य तथा राज्यका अधिकारीहरूले कोरोनाविरुद्धको लडाईंमा प्रगतिका संकेतहरू देखिएको बताउँदै आफ्ना नागरिकहरूले सामाजिक दुरीमा ध्यान दिनुपर्ने बताएका छन्। हाल अमेरिका कोरोना भाइरसका कारण नागरिक गुमाउने मुलुकमा दोश्रो स्थानमा पर्छ।

मंगलबार र बुधबार अमेरिकाले मृतक संख्यामा अहिलेसम्मकै धेरै भएका थिए । त्यहाँ मंगलबार र बुधबार गरी प्रत्येक दिन १ हजार ९०० जनाको ज्यान गएको थियो।