२३ आश्विन २०८१, बुधबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग बडादशैँमा घर जाने सैनिक तथा आश्रित परिवारलाई यातायात सुविधा सञ्चालन रहेनन् वरिष्ठ गीतकार विश्व बल्लभ रावणको संगतमा कुम्भकर्णको बुद्धि भ्रष्ट भयो… अधिकार सम्पन्न संरचना बनाउँदा मात्रै विपद्पछिको पुन:निर्माण सहज रुपमा गर्नसक्छौं: पूर्वाधारविज्ञ ज्ञवाली जब आलियाले ६ घण्टासम्म पिसाब रोकेर राखिन्… पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा भयानक हुने संकेत- २२७ को मृत्यु, ६ हजार बढी संक्रमित



अ+ अ-

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण झन भयानक हुने संकेत देखिएको छ । यस भाइरसबाट बिहीबार साँझसम्म यहाँ मृत्यु हुनेको संख्या दुई सय २७ पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार यो संख्या रहेको छ । त्यसैगरी उक्त विश्वविद्यालयको तथ्यांकले भारतमा भाइरसबाट संक्रमित हुने मानिसको समग्र संख्या छ हजार सात सय २५ पुगेको देखाएको छ ।

कोरोना भाइरसको महामारी पछिल्लो केही दिनयता भारतमा बढ्दो क्रममा देखिएको छ । अहिलेसम्म भारतका २८ राज्यमा यो भाइरसका संक्रमित देखिएका छन् । सबैभन्दा बढी भारतको महाराष्टमा देखिएको छ । मुम्बइमा यसबाट ज्यान जानेको संख्या बढ्दो मात्रामा देखिएको छ ।

महाराष्ट्रमा अहिलेसम्म एक हजार तीन सय ६४ संक्रमित भेटिएका छन । साथै ९८ जनाको मृत्यु पनि भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म आठ सय २४ जना मानिस यो भाइरसबाट संक्रमित भइसकेका छन् । तामिलनाडुमा भाइरसबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ । दिल्ली र तेलंगानामा भाइरसबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । दिल्लीमा सात सय २० संक्रमित फेला परेका छन् भने तेलंगानामा संक्रमितको संख्या चार सय ७१ पुगेको छ ।

मध्यप्रदेशमा अहिलेसम्म संक्रमितको संख्या चार सय ११ पुगेको छ । तर, यो राज्यमा मृत्यु हुने मानिसको संख्या भने ३३ पुगिसकेको छ । अहिलेसम्म भारतमा छ सय २० संक्रमित निको भएका छन् ।