२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा भयानक हुने संकेत- २२७ को मृत्यु, ६ हजार बढी संक्रमित



अ+ अ-

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण झन भयानक हुने संकेत देखिएको छ । यस भाइरसबाट बिहीबार साँझसम्म यहाँ मृत्यु हुनेको संख्या दुई सय २७ पुगेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार यो संख्या रहेको छ । त्यसैगरी उक्त विश्वविद्यालयको तथ्यांकले भारतमा भाइरसबाट संक्रमित हुने मानिसको समग्र संख्या छ हजार सात सय २५ पुगेको देखाएको छ ।

कोरोना भाइरसको महामारी पछिल्लो केही दिनयता भारतमा बढ्दो क्रममा देखिएको छ । अहिलेसम्म भारतका २८ राज्यमा यो भाइरसका संक्रमित देखिएका छन् । सबैभन्दा बढी भारतको महाराष्टमा देखिएको छ । मुम्बइमा यसबाट ज्यान जानेको संख्या बढ्दो मात्रामा देखिएको छ ।

महाराष्ट्रमा अहिलेसम्म एक हजार तीन सय ६४ संक्रमित भेटिएका छन । साथै ९८ जनाको मृत्यु पनि भइसकेको छ । त्यस्तै तामिलनाडुमा अहिलेसम्म आठ सय २४ जना मानिस यो भाइरसबाट संक्रमित भइसकेका छन् । तामिलनाडुमा भाइरसबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ । दिल्ली र तेलंगानामा भाइरसबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ । दिल्लीमा सात सय २० संक्रमित फेला परेका छन् भने तेलंगानामा संक्रमितको संख्या चार सय ७१ पुगेको छ ।

मध्यप्रदेशमा अहिलेसम्म संक्रमितको संख्या चार सय ११ पुगेको छ । तर, यो राज्यमा मृत्यु हुने मानिसको संख्या भने ३३ पुगिसकेको छ । अहिलेसम्म भारतमा छ सय २० संक्रमित निको भएका छन् ।