२३ आश्विन २०८१, बुधबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग बडादशैँमा घर जाने सैनिक तथा आश्रित परिवारलाई यातायात सुविधा सञ्चालन रहेनन् वरिष्ठ गीतकार विश्व बल्लभ रावणको संगतमा कुम्भकर्णको बुद्धि भ्रष्ट भयो… अधिकार सम्पन्न संरचना बनाउँदा मात्रै विपद्पछिको पुन:निर्माण सहज रुपमा गर्नसक्छौं: पूर्वाधारविज्ञ ज्ञवाली जब आलियाले ६ घण्टासम्म पिसाब रोकेर राखिन्… पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना पीडितको लागि आर्थिक सहयोग व्यक्तिगत खातामा जम्मा नगरौं : एनआरएनए



अ+ अ-

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस (कोभिड–१९) को महामारीको लागि संकलित रकमलाई व्यवस्थित गर्न राहत कोषसम्वन्धी कार्यविधि पारित गरेको छ । संघ महासचिव डा। हेमराज शर्माका अनुसार बिहीवार बसेको बैठकले १७ बुँदे कार्यविधि पारित गरेको हो । कार्यविधिले संघको नाममा व्यक्तिगत रुपमा आर्थिक संकलन गर्न रोक लगाएको छ ।

नयाँ कार्यविधिअनुसार गैरआवासीय नेपाली संघका सदस्यले संघको केन्द्रीय अनलाई प्रणालीमार्फत् वा संघका राष्ट्रिय समितिको खातामा अनिवार्य आर्थिक सहयोग गर्नुपर्ने प्रावधान रहेको शर्माले बताए ।

आर्थिक पारदर्शिताको लागि राष्ट्रिय समिति र आइसीसी गरी दुई तहमा मात्र आर्थिक संकलन गर्न पाउने व्यवस्था गरिएको कोषाध्यक्ष तथा राहत कोष संकलन समितिका संयोजक महेशकुमार श्रेष्ठले बताए ।

संकलित रकम कहाँ कसरी खर्च गर्ने विषयमा समेत कार्यविधिमा उल्लेख गरिएको छ । कार्यविधिले संक्रमणबाट बच्ने सुरक्षाका सामग्री, दैनिक जीविकोपार्जन गर्न लाग्ने खर्च, मृत्युवरण भएकोमा अन्त्यष्टि, विदेशमा अलपत्र परेकाहरुलाई नेपाल फर्काउन आदि शीर्षकमा सहयोग गर्न सकिनेसमेत प्रष्ट पारेको छ ।

संकलित रकम गैरआवासीय नेपाली संघको मानव तथा समाज कल्याण विभागको मताहातमा रहने व्यवस्था कार्यविधिमा छ । संघका राष्ट्रिय समितिले कोरोना भाइरस संक्रमितको लागि उठाएको हरहिसाव अनिवार्य रुपमा संघको सचिवालयमा जानकारी दिनुपर्ने कार्यविधिमा उल्लेख छ । आर्थिक संकलनको लागि क्षेत्रीयस्तरमा समिति गठन गर्न सकिने प्रावधान सो कार्यविधिमा राखिएको छ । तर त्यस्ता समितिले सिधै संघको अनलाइन प्रणालीमार्फत् आर्थिक संकलन गर्न पाउने व्यवस्था छ ।

दाताहरुले निम्न दुई किमिसले यस राहतकोषमा रकम सहयोग गर्न सक्ने छन् ।

संघले सञ्चालन गरेको अनलाइन प्रणालीमार्फत् क्रेडिट वा डेबिट कार्डबाट धधध।लचलब।यचनरमयलबतभ

संघको नेपालमा रहको निम्न बैंक खातामा जम्मा गर्न सकिन्छ ।