७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी

विपद्ग्रस्त क्षेत्रमा सहयोग गर्न प्राधिकरणद्वारा संघसंस्थालाई आह्वान

विपद्ग्रस्त क्षेत्रमा सहयोग गर्न प्राधिकरणद्वारा संघसंस्थालाई आह्वान
अ+ अ-

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी पहिरो तथा डुबानग्रस्त क्षेत्रका प्रभावितलाई सहयोग गर्न संघसंस्थाहरुलाई आह्वान गरेको छ ।

असोज १७ देखि २० गते सम्मको वर्षाका कारण भएको डुबान, बाढी तथा पहिरोमा परेका प्रभावित घरपरिवारलाई राहत व्यवस्थापन गर्ने सम्बन्धमा नेतृत्व गरेका संघसंस्थासँग छलफल गरी आवश्यकताको आधारमा राहत वितरणमा सहयोग गर्न आह्वान गरको हो । संकटको समयमा वास्तविक प्रभावितमा राहत पु¥याउन र दोहोरो पन हटाउनका लागि प्राधिकरणले विपद्मा कार्य गरिरहेका निकायसँग छलफल गरेको हो । प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले प्राधिकरणको नेतृत्वमा स्थानीय सरकारसंग समन्वय गरेर खाद्यान्न वितरण लगायत आवश्यकताअनुसार राहत व्यवस्थापन गर्न सबै संघसंस्थाको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहहरुलाई समेत जोडर हामीले प्रभावित जिल्लाहरुलाईमा काम गर्यौं भने अन्य विपद्हरु जस्तै यो विपद् पनि सहजै पार लाग्छ भन्ने मैले विश्वास गरेको छु । प्रमुख जिल्ला अधिकारी पनि उता जोडिनुहुन्छ । यता प्राधिकरण पनि जोडिएको हुन्छ । त्यसले काममा दोहोरोपना हुदैन । सबै जना एकै ठाउँमा जान खोज्यौं भने कुनै ठाउँमा धेरै राहत पाउने तर कुनै ठाउँमा राहत नै नपाउने अवस्थाको सिर्जना हुनसक्छ । विपद् प्रतिकार्यका लागि सम्बन्धीत सबै निकायहरुले आपसि समन्वयमा काम गर्यौं भने पार लाउन सक्छौं भन्ने विश्वास लिएको छु ।’

छलफलमा राहत वितरणमा काम गरिरहेका संस्थाका प्रतिनिधिले आफूहरुले गरेका कार्यको विवरण पनि प्रश्तुत गरेका थिए । अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरुको सञ्जालका अध्यक्ष डाक्टर एसपि कलौनीले आवश्यकताअनुसार सबै क्षेत्रमा सहयोग गर्ने काम भइरहेको जानकारी दिनुभयो । उहाँले आवश्यकताका विषयवस्तुको सूचिकरण गर्नसकेको अवस्थामा राहत वितरण सहज हुने बताउनु भयो । उहाँले राहत वितरणमा सहजीकरणका लागि समन्वयकारी निकाय स्पष्ट तोक्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो ‘६ वटा संघसंस्थअरुले ग्राउण्डमा काम गरिरहनुभएको छ । चार वटा संस्थाहरु सप्लाई गर्ने प्रक्रियामा हुनुहुन्छ । अहिले खाद्यान्न, सेल्टर लगायतको हिसावले नै कार्यहरु भइरहेको छ । रौतहत, सर्लाही, महोत्तरी, झापा, उदयपुर लगायतका जिल्लाहरुमा राहत वितरणको कार्य भइरहेको छ । हामीसँग सूचनाहरु आइ नै रहेको छ । जुन अहिले प्रभावितको आवश्यकताको लिष्ट आइरहेको छ यसलाई लाइभ डकुमेन्ट बनाएर राख्न सकियो भने राहत वितरण गर्न सजिलो हुने थियो । अहिले कुनै कुनै स्थानीय तहमा अनुमति लिएर मात्र राहत वितरण गर्ने कुरा पनि आएको छ । त्यसको लागि पनि आवश्यक समन्वय चाँही गरौं । तर मन्त्रीस्तरीय सहमति र सहकार्य भइसकेपछि अन्य कुनैपनि निकायसँग समन्वय नगरेपनि हुने कुरा भइदियो भने सजिलो हुन्थ्यो ।’

नेपाल रेडक्रस सोसाईटीका प्रतिनिधि मनिस तिमिल्सिनाले प्रभावित क्षेत्रमा भएका कामबारे जानकारी गराउनुभएको थियो । उहाँले गैहखाद्य सामग्री तत्काल वितरण गरिएपनि खाद्यान्न सामग्रीको समस्या हुन सक्ने तर्फ चनाखो हुनुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘रेडक्रसले विपद् प्रभावितको तथ्यांक संकलन गरेर सोहीअनुसार वितरण गर्नको लागि पालिकामा डेक्सहरु राखेको छ । आज बेलुकासम्म ६५० ठाउँमा त्यो काम सम्पन्न गर्ने रेडक्रसको योजना छ ।’

स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखा पोषण शाखाका वरिष्ठ जलनस्वास्थ्य प्रशासक तथा पोषण प्रमुख लिलाविक्रम थापाले विपद्ग्रस्त क्षेत्रको विवरण संकलन कार्य भइरहेको उल्लेख गर्दे आवश्यक परेको अवस्थामा तुरुन्तै परिचालन गर्नसक्ने गरी तयारी अवस्थामा बसेको जानकारी गराउन ुभयो ।

उहाँले भन्नुभयो, ‘विपद् प्रभावित क्षेत्रहरुको विवरण संकलनको कार्य भइरहेको छ । आवश्यकताअनुसार जनशक्ति परिचालन गर्न पनि तयारी अवस्थामा बसेका छौं ।’

छलफलमा विपद्ग्रस्त क्षेत्रमा काम गर्ने १४ संस्थाका प्रतिनिधि सहभागी थिए ।