१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार

लकडाउनमा ठूला आयोजनाका काम यसरी हुँदैछ

लकडाउनमा ठूला आयोजनाका काम यसरी हुँदैछ
अ अ+ अ-

काठमाडौं । सरकारले विशेष व्यवस्था गरेर राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउने प्रबन्ध गरेको छ । सरकारले माथिल्लो तामाकोशीलगायत आयोजनालाई लकडाउनको समयमा समेत काम गर्न सक्ने गरी विशेष व्यवस्था गरेको छ ।

आयोजना स्थलमा एक एम्बुलेन्स अनिवार्य रुपमा राख्नैपर्ने, निर्माण स्थलमा खटिएका कामदारलाई आइसोलेशनमा बसे जस्तै गरी स्थानीयवासीसँगको सम्पर्क गर्न नदिने तथा व्यक्तिगत सुरक्षाको प्रबन्ध गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै आयोजना स्थलमा एक मेडिकल टिम अनिवार्य रुपमा राख्ने व्यवस्था गरिएको छ । कुनै स्वास्थ्य समस्या देखिने बित्तिकै उपचारको प्रबन्ध गर्न व्यवस्था गरिएको छ । कोभिड–१९ समन्वय समितिको बैठकले ठूला आयोजना तथा दैनिक उपभोग्य वस्तुको उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने निर्णय यसअघि नै गरेको छ । सोही आधारमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको काम शुरु गरिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनका अनुसार निर्माण सामग्री आयातमा समेत सहजीकरण गरिएको छ । निर्माण सामग्री लिन जाने सवारी साधनलाई विशेष पास उपलब्ध गराइनेछ । त्यस्ता पास लिएका सवारी साधनले तोकिएको स्थानमा पुगेर निर्माण सामग्री ल्याउने र अन्य कुनै पनि नागरिकलाई चढाउने वा यात्रा गर्न नपाउने व्यवस्था गरिएको छ । निर्माण सामग्रीको आयातमा देखिएको समस्या समाधान गर्न निर्माण सामग्री लिन जानेले पास लिने, सामग्री लिएर फर्कने व्यवस्था गरिएको छ । निर्माण सामग्री लिन जाँदा मान्छे चढाएर लैजाने र आउँदा पनि मान्छे चढाउने जस्तो विकृति देखिएपछि सिमितलाई पास दिएर आयात गर्न दिने व्यवस्था गरिएको छ ।

निर्माण सामग्रीलगायत आयातमा केही जटिलता देखिएको गुनासो आएपछि त्यसलाई व्यवहारिकरुपमा हल गर्नेतर्फ मन्त्रालयले विशेष प्रबन्ध गरेको मन्त्री पुनको भनाइ छ । मन्त्रालयले नै पहल गरेर उच्चस्तरीय समितिमा छलफल भएर यस्तो खालको निर्णय भएको उहाँको भनाइ छ । “ठूला आयोजनाहरुमा काम गर्ने भन्ने छ । विद्युत्का आयोजना मात्रै नभई, अन्य खालका उद्योग सञ्चालन गर्ने भन्ने निर्णय भएअनुसार नै प्रक्रिया अगाडि बढाइएको हो”, मन्त्री पुनले भन्नुभयो ।

विशेष गरी कोरोनाको सङ्क्रमण फैलन नदिन श्रमिकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्ने विषय प्रमुख प्राथमिकतामा छ । अन्य नागरिकसँग घुलमिल नहुने वातावरण बनाउने, हरेक आयोजनामा एक एम्बुलेन्स र मेडिकल यूनिट रहनै पर्ने व्यवस्था गरिएको मन्त्री पुनले जानकारी दिनुभयो ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी लगायतका आयोजना सञ्चालन भइरहेको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको हाल भौतिक प्रगति ९९ दशमलव ४ प्रतिशत पुगेको छ । हाल आयोजनाको सबैभन्दा जटिल मानिएको दुई वटा ठाडो सुरुङमा पाइप जडानको काम भइरहेको छ । आयोजनामा केही दिन पहिले मात्रै बाँधस्थल तथा बालुवा थिग्र्याउने पोखरीको परिक्षण गरिएको थियो ।

सरकारको विशेष व्यवस्था पछि राष्ट्रिय गौरवकै आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको कामसमेत अगाडि बढेको छ । निर्माण व्यवसायी सिनो हाइड्रोले लकडाउनको समयमा समेत काम गरिरहेको छ । निर्माणमा रहेका केही आयोजनाको निर्माण सामग्री पनि रहेको र मजदुर पनि रहेकाले समस्या परेको भने अवस्था छैन । निर्माण सामग्री आयातमा जाँदा सङ्क्रमण हुन सक्ने खतरा पनि रहेकाले त्यसलाई पनि विचार गरेर नै आवश्यक व्यवस्था गरिएको छ । निर्माण सम्पन्न हुनै लागेका जलविद्युत् आयोजनाको कामलाई निरन्तरता दिन अत्यावश्यक निर्माण सामग्री ढुवानीको लागि गृह मन्त्रालयले आवश्यक समन्वय गरेको छ ।

गृह मन्त्रालयले जलविद्युत् आयोजनाले पनि सरकारले तोकेको सुरक्षा मापदण्ड भित्र रहेर काम गर्नुपर्ने सर्त अगाडि सारेको छ । ढुवानीको पास लिन आयोजनाले सामान कहाँबाट ल्याउने र कहाँ लैजाने भन्ने मार्ग उल्लेख गरेर ऊर्जा मन्त्रालयमा निश्चित विवरणसहित निवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसमा ढुवानी गर्ने साधनको प्रकार, सवारी साधनको नम्बर, सवार हुने व्यक्तिको नाम र अत्यावश्यक सामानको परिमाण उल्लेख गर्नुपर्ने हुन्छ ।
यस्तै चालक तथा सहचालकले पञ्जा, मास्क र सेनिटाइजर लगायतका सुरक्षा सामग्री प्रयोग गर्नुपर्नेछ । सोही आधारमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई आवश्यक पत्राचार गरिनेछ । मन्त्री पुनले गृह मन्त्रालयसँग पनि समन्वय गरेर सरकारी तथा निजी क्षेत्रका आयोजनालाई समेत काम गर्न मार्ग प्रशस्त गरिएको बताउनुभयो । त्यसो त गृहमन्त्री रामबहादुर थापाले रासससँगको कुराकानीका क्रममा समेत ठूला आयोजनाको सहज सञ्चालनका लागि आफूहरुले विशेष व्यवस्था गरिदिने बताउनुभएको थियो ।