२३ आश्विन २०८१, बुधबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा एनआरएनएबाट सहयोग: दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक – प्रधानमन्त्री खसी व्यापारीको गुनासो: महानगरका कारण खसी हराए, विक्री पनि भएनन् बाढीले ५० लाख बराबरको केरा नोक्सान नागढुङ्गा–नौबिसे सडकको जाम छल्न सीतापाइला–धार्के सडकको प्रयोग बडादशैँमा घर जाने सैनिक तथा आश्रित परिवारलाई यातायात सुविधा सञ्चालन रहेनन् वरिष्ठ गीतकार विश्व बल्लभ रावणको संगतमा कुम्भकर्णको बुद्धि भ्रष्ट भयो… अधिकार सम्पन्न संरचना बनाउँदा मात्रै विपद्पछिको पुन:निर्माण सहज रुपमा गर्नसक्छौं: पूर्वाधारविज्ञ ज्ञवाली जब आलियाले ६ घण्टासम्म पिसाब रोकेर राखिन्… पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको उपचारमा मलेरियाको औषधिको परीक्षण शुरु



अ+ अ-

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट (एनआईएच) ले बिहीबार मलेरिया (औलो) रोगको उपचारमा प्रयोग हुने हाइड्रोक्सीक्लोरोक्विनलाई कोरोनाभाइरसको उपचारका लागि परीक्षण गर्न औपचारिक अनुमति दिएको घोषणा गरेको छ ।

दी हिलमा छापिएको एक रिपोर्टका अनुसार टेनिसी राज्यको नेस्भिलस्थित भ्यान्डरबिल्ट विश्वविद्यालय मेडिकल सेन्टरमा क्लिनिकल परीक्षणमा सहभागी हुन एक जना कोरोना संक्रमित व्यक्तिले नाम लेखाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक यो औषधि कोरोना संक्रमित व्यक्तिलाई उपयोगी हुने दाबी गर्दै आउनु भएको छ ।

समाचार अनुसार क्लिनिकल परीक्षणमा सहभागी हुन चाहनेहरुलाई पहिलो दिन दिनको दुई पटक ४०० एमजीको क्लोरोक्विन दिइने छ । त्यसपछि दुईदेखि पाँच दिनसम्म २०० एमजी औषधि दिनको दुई पटक (आठ डोज) दिइने छ ।

बुधबार अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरी क्लोरोक्विन औषधि अमेरिकालाई आपूर्ति गर्न स्वीकार गरेकामा धन्यवाद दिनु भएको थियो । ट्रम्पले भन्नुभयो, “क्लोरोक्विनको भण्डारण अब अमेरिकामा तीन करोड पिल्स पुग्नेछ ।”

गत महिना अमेरिकी खाद्य तथा औषधि प्रशासन ९एफडिए० ले आपतकालीन अवस्थामा कोरोना संक्रमित बिरामीलाई पनि मलेरियाको औषधि दिन सकिने बताएको थियो । एनआईएच अमेरिकाको मेडिकल अनुसन्धान संस्था हो ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार संयुक्तराज्य अमेरिकामा कोरोना संक्रमित व्यक्तिको संख्या चार लाख ६८ हजारको नजिक पुगिसकेको छ भने १६ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।