१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब कट्टा हुँदैन : स्वास्थ्य मन्त्रालय

चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब कट्टा हुँदैन : स्वास्थ्य मन्त्रालय
अ अ+ अ-

काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब अहिलेसम्म कट्टी नगरिएको सरकारले बताएको छ ।

शुक्रबार भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले अहिलेसम्म तलब कट्टी नगरिएको बताउनुभयो । सरकारले विभिन्न तहका कर्मचारीले ३ देखि ७ दिनसम्मको तलब कट्टी गर्ने निर्णय गरेपनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब क्टटी नभएको बताउनुभयो । उहाँले उच्च मनोबलका साथ काम गर्न पनि स्वास्थ्यकर्मीहरुमा आग्रह गर्नुभएको छ ।

यस्तै आइतबारयता छैटौँ दिनसम्म नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमण देखिएको छैन् । शनिबार एकैदिन तीनजनामा कोरोना भाइरसको लक्षण देखिएपनि त्यसयता भने नयाँ विरामी फेला नपरेको प्रवक्ता देवकोटाले बताउनुभयो । पछिल्लो २४ घण्टामा परीक्षण रिपोर्ट आएका ६ सय ३० जनामा पनि नेगेटिभ देखिएको छ । उपत्यका ४ सय १ र बाहिर २ सय २९ वटा परीक्षण भएका छन् । मन्त्रालयका प्रवक्ता डा. देवकोटाले अहिलेसम्म ३ हजार ५ सय २४ जनाको कोरोना परीक्षण भएको बताउनुभयो । अहिले ८ सय भन्दा बढी नमुना परीक्षणको क्रममा रहेका छन् ।

बिहीबारबाट ¥यापिड डाइग्नोष्टिक परीक्षण सुरु गरिएको छ । सातवटै प्रदेशमा ५ हजारका दरले वितरण गरिएकोमा केही जिल्लाबाट रिपोर्ट समेत आउन सुरु गरेको मन्त्रालयले जनाएको छ । ४ जनामा कोरोना संक्रमण देखिएको कैलालीमा बिहीबारयता ३ सय ३९ जनामा परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । यसैगरी कञ्चनपुरमा ३ सय ७६, कपिलवस्तुमा २१ र बाग्लुङमा १९ जनाको परीक्षण गरिएको छ । उनीहरु सबैको रिपोर्ट पनि नेगेटिभ आएको प्रवक्ता डा. देवकोटाले बताउनुभयो ।

उपत्यका बाहिर १० स्थानबाट कोरोना परीक्षण भइरहेको छ । कोशी अस्पतालमा शुक्रबारबाट मेसिन जडान भएसँगै उपत्यका सहित देशभरी १० स्थानबाट परीक्षण थालिएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको टोलीले डडेल्धुरा, बैतडी तथा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट ७ सय बढी नमुना परीक्षणका लागि संकलन गरि पठाएको छ ।

सरकारले सेवा बाहिर रहेका र अवकाश प्राप्त स्वास्थ्यकर्मीहरुलाई स्वेच्छिक रुपमा आवद्ध हुन पनि आग्रह गरेको छ । शुक्रबार ८ हजार ६ सय ६० जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यका भित्र १५ र बाहिर ११० गरी १ सय २५ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।