१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार

भोलिदेखि क्वारेन्टाइनको स्थलगत अवलोकन, पर्सि प्रधानमन्त्रीलाई प्रतिवेदन

भोलिदेखि क्वारेन्टाइनको स्थलगत अवलोकन, पर्सि प्रधानमन्त्रीलाई प्रतिवेदन
अ अ+ अ-

काठमाडौं । सरकारले देशभर स्थानिय तह तथा अन्य निकायमार्फत् व्यवस्थापन गरिएका क्वारेन्टाइनको मापदण्ड पुगे नपुगेकोबारे स्थलगत अवलोकन र आवश्यक सहजिकरण थाल्ने भएको छ । विदेशबाट आएका व्यक्तिहरु तथा शंकास्पद अन्य व्यक्तिहरुलाई कोरोना रोगबाट संक्रमण हुन नदिन सरकारले बनाएको क्वारेन्टिन व्यवस्थापन तथा सञ्चालन कार्यविधी अनुसार मापदण्ड पुरा भए नभएको स्थलगत अनुगमन र आवश्यक सहजिकरण गर्न लागिएको हो ।

भोलि मध्यान्ह काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालिन क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो । मन्त्रिपरिषद्को गत चैत्र १६ गतेको बैठकले सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई अनुगमन र सहजिकरणको जिम्मेवजारी दिएको थियो ।
शुक्रबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले उपत्यकाका १८ वटै नगरप्रमुख, तिन जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेनाका क्वारिन्टाइन व्यवस्थापनमा खटिएका पृतनापतिसँग छलफल गर्नुभएको हो । छलफलमा मन्त्री मानन्धरले क्वारेन्टिन व्यवस्थापन तथा सञ्चालन मापदण्डबारे जानकारी गराउँदै अब सरकारले भोलिदेखि अनुगमनलाई तिब्रता दिन लागेको जानकारी दिनुभयो ।

मुलुक विपद्को घडीमा रहेकाले तत्काल गर्नुपर्ने काममा कसैको मुख ताक्न नहुने बताउँदै मन्त्री मानन्धरले स्थानीय सरकारले गरिरहेको काम सन्तोषजनक रहेको भन्दै कार्यप्रति धन्यवाद दिनुभयो । स्थानीय सरकारले कोरोना नियन्त्रणका लागि सरकारले गरिरहेको प्रयासमा साथ दिइरहेपनि कतै कतै अन्योल देखिएको भन्दै विपद्का बेला जनताको जीवन रक्षाका लागि छिटो र छरितो ढंगले काम गर्न आग्रह गर्नुभयो । क्वारेन्टाइन निर्माण र व्यवस्थापन मापदण्ड अनसारको काम गर्न समस्या आए आफु सहजिकरणका लागि तयार भएको बताउँदै मन्त्री मानन्धरले विपद्को सामना गर्न गम्भिर ढंगले लाग्न सबैलाई आग्रह गर्नुभयो ।

मन्त्री मानन्धरले काठमाडौं उपत्यकाको विभिन्न स्थानमा सञ्चालन गर्न सकिने अवस्थामा रहेका र सम्भावित स्थानको क्वारेन्टाइनको अवस्थाबारे दुई दिन भित्र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई प्रतिवेदन दिइने बताउँदै उपत्यका भित्रको वास्तविक अवस्था र तयारीबारे आफुले भोलिदेखि नै अनुगमनलाई तिब्रता दिन लागेको जानकारी दिनुभयो ।

मन्त्री मानन्धरले निर्णायक निकायले चुस्ततापुर्वक काम गर्नपर्ने बताउँदै क्वारेन्टाइन व्यवस्थापनको खर्चबारे चिन्ता नलिन उपत्यकाका मेयरहरुलाई आग्रह गर्नुभयो । सबै खर्च कोरोना उपचार तथा रोकथाम कोषमार्फत् हुने भएकाले निर्माण र व्यवस्थापनलाई चुस्त बनाउन नगरप्रमुखहरुलाई आग्रह गर्नुभयो ।
अनुगमनपछि प्रतिवेदन बनाएर कार्यान्वयन गराउने प्रतिवद्धता जनाउँदै मन्त्री मानन्धरले क्वारेन्टाइनको चाबी बोकेर तयारी अवस्थामा रहन उपत्यकाका मेयरहरलाई आग्रह समेत गर्नुभयो । होटलहरुलाई क्वारेन्टाइन निर्माणका लागि केही समयलाई सरकारीकरण गर्न सकिने बताउँदै मन्त्री मानन्धरले त्यसका लागि आवश्यक समन्वय स्थानीय सरकार मार्फत् हुने बताउनुभयो ।

भक्तपुरको कृषि तालिम केन्द्रमा ६० बेड, खरिपाटीमा १७५ बेड तथा खानेपानी तालिम केन्द्रमा ७० बेड तयारी अवस्थामा रहेको छ । यस्तै ललितपुरको स्टाफ कलेजमा एक सय बेड तथा काठमाडौंको पशुपतिमा ७० बेड क्षमताको क्वारिन्टाइन मापदण्ड अनुसार रहेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बुढानिलकण्ड स्कुलमा एक सय, जनमैत्री अस्पतालमा १२४ बेड, इचंगु ब्लकमा चार सय बेड तथा दहचोकस्थित मनमोहन अस्पतालको भवनमा सात सय बेड बनाउन सकिने अवस्था रहेको जानकारी दिनुभयो ।

क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन मापदण्डका बारेमा अनुगमन तथा सहजिकरणको जिम्मेवारी पाउनुभएका राज्यमन्त्री मानन्धरले आमसञ्चार माध्यम तथा आमसाधारण पनि सचेतता पुर्वक सरकारको अभियानमा सामेल हुनुपर्ने बताउँदै लकडाउन कार्यान्वयनमा सहयोग गर्न अपिल समेत गर्नुभयो ।

छलफलमा सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले क्वारेन्टाइनमा राख्ने व्यक्तिबारे स्वास्थ्य मन्त्रालयले प्रष्ट नीति बनाउनुपर्ने बताउनुभयो ।
स्थानीय सरकार र प्रदेश सरकारको योजनामा केन्द्रीय सरकारको आवश्यक समन्वयमा कमी भएको भन्दै मेयरहरुले आवश्यक समन्वयका लागि राज्यमन्त्रीले पहल थाल्नु सकारात्मक भएको बताए । क्वारिन्टाइनको मापदण्ड पुरा गर्नका लागि केही प्राविधिक समस्या आउनसक्ने भन्दै उपत्यकाका मेयरहरुले रकारको ध्यानाकर्षण समेत गराएका थिए ।

काडमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन, मध्यपुर ठिमीका मेयर मदनसुन्दर श्रेष्ठ तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोरा टोखाका प्रकाश अधिकारी सुर्यविनायकका बास्देव भा३ किर्तिपुरका रमेश महर्जन गोदावरीका गजेन्द्र महर्जन कागेश्वरी मनहराका कृष्णहरी थापा महालक्षमी नगरपालिकाका रामेश्वर श्रेष्ठगोकर्णेश्वरका सन्तोष चालिसे शंखरापुर नगरपालिकाका सुवर्ण श्रेष्ठको सहभागिता रहेको थियो । काडमाठौंका प्रमुख जिल्ला अधिकारी दाहालसँगै ललितपुरका भागिरथ पाण्डे र भक्तपुरकी हुमकला पाण्डेले पनि बैठकमा क्वारेन्टाइन व्यवस्थापनबारे भइरहेको प्रयासबारे जानकारी दिए । यस्तै महासेनानी सुवास थापा सानुकाजी थापा सेनानी पुरुषोतम कार्कीले सेनाले गरिरहेको तयारीबारे जानकारी दिएका थिए । मन्त्रालयका सहसचिव नवराज प्याकुरेलले अनुगमनाबारे जानकारी दिनुभएको थियो ।