१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार

भारतले कोरोनाविरुद्ब लड्न नेपालसहित १३ देशलाई स्वास्थ्य सामग्री सहयोग गर्ने

भारतले कोरोनाविरुद्ब  लड्न नेपालसहित १३ देशलाई स्वास्थ्य सामग्री सहयोग गर्ने
अ अ+ अ-

काठमाडौं । भारत सरकारले कोभिड-१९ विरुद्ब लड्न नेपालसहित १३ देशलाई स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ। छिमेकी राष्ट्र नेपालसहित १३ देशलाई कोरोनाविरुद्ध प्रभावकारी मानिएको ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’पठाउन लागेको हो।

भारतले कोरोनाका बिरामीका लागि अहिलेसम्मकै प्रभावकारी ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’र पारा सिटामोल २५ देशलाई पठाउने यसअघि नै घोषणा गरिसकेको छ।

शुक्रबार मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सम्वादपछि भारतले यो औषधि नेपालमा पठाउने प्रक्रिया आजै टुंग्याएको छ।

दुवै नेताबीच संवाद भएपछि भारतले नेपालसहित १३ देशमा ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’सहितको सहायता सामग्री पठाएको छ। जस अनुसार भारतले छिमेकीहरुमध्ये ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’पठाइएका देशमा नेपाल, भुटान, अफगानिस्तान, माल्दिभ्स र बंगलादेश रहेका छन्।

भारतले कोरोनासँग जुधिरहेका स्पेन र जर्मनीमा पनि ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’पठाएको छ। बहराइन, ब्राजिल र डोमिनिकन रिपब्लिकमा पनि ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’सहितको सहयता सामग्रीको पहिलो खेप पठाइएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच शुक्रबार कुरा भएलगत्तै भारतले स्वास्थ्य सामग्रीको पहिलो खेप नेपालतर्फ पठाउन लागेको हो।

यसै विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीबीच वार्ता भएको थियो। दुवै प्रधानमन्त्रीले कोरोना नियन्त्रणको वर्तमान अवस्थाबारेमा छलफल गरेका थिए। कोभिड-१९ विरुद्ब लड्न दुवै देश मिलेर हरसम्भव प्रयास गर्ने सहमति दुई नेताले गरेका थिए।

दुवै देशमा बन्दाबन्दी रहेको अवस्थामा दुवै देशका आ/आफ्नो देशमा रहेका नागरिकको सुरक्षा गर्ने सहमति दुवैबीच भएको थियो। नेपालमा रहेका भारतीय नागरिकको नेपाल सरकारले ख्याल गर्ने र भारतमा रहेका नेपाली नागरिकको स्वास्थ्यको हेरचाह भारतले गर्ने सहमति भएको छ।

भारतीय प्रधानमन्त्रीले आवश्यक सहयोग पाइपलाइनु मा रहेको बताएलगत्तै पहिलो खेप आउन लागेको हो। ओलीले शुक्रबार अतिआवश्यक स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएर सहयोग गरिदिएकोमा नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद दिएका थिए।

अतिआवश्यक वस्तुहरुको सीमापारबाट सहज आपूर्ति मिलाउने व्यवस्था गर्न पनि दुवै नेता सहमत भएका थिए। वर्तमान अवस्थामा सहकार्यको अझ थप सुनिश्‍चित गर्न उनीहरुले जोड दिएका थिए।

सार्कस्तरीय भिडियो कन्फ्रेन्सले पनि सबै मुलुकलाई कोभिड-१९ विरुद्ध लड्नका लागि बल मिलेको थियो। मोदीले यसमा सन्तुष्टि जनाएका छन्।

ओलीले शुक्रबार कोरोना भाइरसका कारण ज्यान गुमाएका भारतीय जनताप्रति समवेदना प्रकट गरेका थिए। त्यसैगरी भारतीय प्रधानमन्त्रीले कोभिड-१९ विरुद्ब लडिरहेको नेपाली जनताको प्रशंसा गरेका थिए।

दुई देशबीच विद्यमान बहुआयामिक सम्बन्धलाई अझ जोड दिने र दुवै राष्ट्रको लागि फाइदा हुने कुरामा सम्बन्धलाई अझ मजबुत बनाएर लाने गरि सहमति भएको छ।