१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार

लकडाउनमा मजदुरको पिडा : पाँच दिनको पैदल यात्रापछि प्यूठानबाट जुम्ला

लकडाउनमा मजदुरको पिडा : पाँच दिनको पैदल यात्रापछि प्यूठानबाट जुम्ला
अ अ+ अ-

प्यूठान । लकडाउन हुनुअघि मजदुरीका लागि प्यूठानमा गएका जुम्ला र कालीकोटका युवा पाँच दिनको पैदल यात्रापछि जुम्ला पुगेका छन् । कोरोना भाइरसको त्रासपछि देशमा लकडाउन भएर ज्याला मजदुरी बन्द भएपछि उनीहरू पैदल यात्रा गरेरै जुम्ला पुगेका हुन् । हिमा गाउँपालिका–६ महाबै पाथरखोलाका तुलराज अधिकारीले मजदुरीका लागि प्यूठान जिल्ला पुगेको बेलामा कोरोना भाइरसका कारण देश लकडाउन भएको र कामबिहीन भएपछि आर्थिक सङ्कटमा परेपछि रोल्पा हुँदै रुकुम, जाजरकोट भएर पाँच दिनमा जुम्ला पुगेको बताउनुभयो ।

यसैगरी, हर्क तिरुवाले लकडाउनको मिति निश्चित नभएपछि बरु घरमै बसौँला भनेर चाउचाउ, विस्कुट र पानीको भरमा दिन रात हिँडेर जुम्ला पुगेको सुनाउनुभयो । कालीकोट जिल्लाका नौ जना र जुम्लाका चार जना गरी १३ जनाको भौतिक संरचना निर्माणको जिम्मेवारी थियो । “लकडाउनले काम पनि नहुने र भएका पैसा पनि सकिएपछि रातारात गरी आफ्नो जिल्ला आउनुपर्ने बाध्यता भयो”, तिरुवाले भन्नुभयो ।

प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार प्यूठानबाट जुम्ला र कालीकोटका स्थानीय युवा भागेर आएको जाजरकोट जिल्लासँग सिमाना जोडिएको तातोपानी गाउँपालिका–७ ताम्तीगाउँबाट जानकारी प्राप्त भएपछि त्यहाँको स्थानीय र प्रहरीको टोलीले कालीकोट जिल्ला तिलागुफा नगरपालिकाका चार जना, पलाता गाउँपालिकाका पाँच जना र जुम्ला हिमा गाउँपालिका–६ महाबै पाथरखोलाका चार जना युवालाई नाग्म हेल्थ डेस्कमा चेकजाँच गरी १४ दिनसम्म बस्ने गरी क्वारेन्टाइनमा राखिएको छ ।

नौ मजदुर अलपत्र

यसैबीच जुम्ला कालीकोटको सिमाना जोड्ने पक्की पुल निर्माण गर्न आएका बर्दियाका नौ जना मजदुर अलपत्र परेका छन् । लकडाउनका कारण काम रोकिएपछि घर र्फकने वातावरण नहुँदा उनीहरू पुल निर्माणस्थल नजिकै बसिरहेका छन् । जुम्ला घर भएका मजदुर जयधुननाथ योगीका अनुसार समयमै घर फर्कन नसक्दा बर्दियाका कामदार अलपत्र परेको हुन् । कामको सिलसिलामा सुर्खेत गएका ठेकेदार लकडाउनका कारण फर्कन नसकेको पनि उहाँले बताउनुभयो ।

समस्यामा परेका मजदुरलाई तिला गाउँपालिकाले तत्काल ९० केजी चामल, ३० केजी दाल, ३५ केजी आलु, १५ पाकेट नुन र दुई पेटी तेल उपलब्ध गराएको छ । घर फर्काइदिन अनुरोध गरेका मजदुरलाई गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले तत्काल घर पठाउन सकिने अवस्था नभएकोले जुम्लामै ढुक्कसँग बस्न आग्रह गर्नुभयो ।