११ असार २०८३, बिहीबार
,
Latest
स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट विवाद समाधानतर्फ, ज्ञानेन्द्र मल्लसहित ९ जना प्रशिक्षणमा फर्किए



अ+ अ-

काठमाडौं । राष्ट्रिय क्रिकेट खेलाडी ज्ञानेन्द्र मल्लसहित ९ जना बन्द प्रशिक्षणमा फर्किएका छन् । यससँगै नेपाली क्रिकेटको विवाद समाधानतर्फ गएको हो । 

नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० विश्वकप ग्लोबल क्वालिफायरका लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । 

उनीहरुलाई १७ पुससम्म रिपोर्टिङ गर्न भनिएको थियो । तर १४ खेलाडीले कप्तान र उपकप्तान हटाउने तथा चार जनालाई २०२२ को ६ महिना सेन्ट्रल कन्ट्र्याक्टमा नराख्ने क्रिकेट संघको निर्णयको फिर्ता नभएसम्म बन्द प्रशिक्षणमा नजाने अडान लिएका थिए । 

सोमबार भएको छलफलपछि सबै जना राष्ट्रिय टिम बन्द प्रशिक्षणका लागि होटलमा पुगेका हुन् ।