११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण

सार्वजनिकस्थलमा पिङ हराउँदै गएकामा पाका पुस्ताको चिन्ता

सार्वजनिकस्थलमा पिङ हराउँदै गएकामा पाका पुस्ताको चिन्ता
अ अ+ अ-

नवलपरासी। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–८ का सुवास खत्रीलाई पिङ खेल्न मन भए पनि पिङ नपाएर खेल्न नपाएको पाँच वर्ष भयो ।

दसैँ–तिहारमा लिङ्गे पिङ खेल्न चाहना पाँच वर्षदेखि अधुरै रहेको खत्रीले बताउनुभयो । “विगतमा बाटोघाटोमा पिङ भेटिने भएकाले खेल्ने गरिन्थ्यो तर अहिले कतै पिङ देख्न नपाएकाले खेल्न पाएको छैन”, उहाँले भन्नुभयो, “केही युवापुस्ता पिङभन्दा पनि आधुनिक मनोरञ्जनका साधनमा झुम्मिन थालेकाले पिङको महत्व एवं आवश्यकता घट्दै गएको देखिन्छ ।”

नयाँ पुस्ता दसैँमा पिङ खेल्नेभन्दा पनि साथीभाइ एकै ठाउँमा जम्मा भएर रमाइलो गर्ने, नयाँ ठाउँ घुम्न जाने, तास खेल्ने भएकाले पिङको महत्व हराउँदै गएको स्थानीय ओमप्रकाश बस्यालले बताउनुभयो । “जिल्लामा विगत केही वर्षदेखि पिङ खेल्ने परम्परा घट्दै गएको र केही स्थानमा मात्र सीमित बन्न पुगेको छ”, उहाँले भन्नुभयो ।

दसैँको बेलामा आकर्षणका रूपमा खेलिने लिङ्गे पिङ नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा पछिल्लो वर्षहरूमा हराउँदै जान थालेको छ । एक दशक अघिसम्म दसैँ लागेसँगै चोक–चोक र टोल–टोलमा देखिने यस्ता पिङ पछिल्ला वर्षहरूमा हराउँदै जान थालेका हुन् ।

दसैँ आयो भन्ने बित्तिकै जसको पनि मनमा पिङ खेल्ने चाहना हुने गर्दथ्यो तर अहिले चाहेर पनि पिङ खेल्न नपाइएको कावासोती नगरपालिका–१७ की विन्दु तिवारीले बताउनुभयो । दसैँ आगमनको सुरुआतसँगै खेलिने पिङ यस वर्ष नगण्य रुपमा मात्र केही स्थानमा देख्न पाइन्छ । “दसैँमा लिङ्गे पिङले दिने रौनक हराउँदै गएको छ”, उहाँले भन्नुभयो, “विशेषगरी रूखमा डोरी बाँधेर या बाँस गाडेर चोक र टोलमा हालिने यस्ता पिङ नयाँ पुस्ताका लागि अब एकादेशको कथा बन्दै जान थालेको छ ।”

जिल्लामा सयौँको सङ्ख्यामा देखिने यस्ता लिङ्गे पिङहरू सहरी क्षेत्रमा देखिएका छैनन् भने ग्रामीण क्षेत्रमा एकाध ठाउँमा मात्रै देखिएका छन् । बस्ती बाक्लिँदै गएकाले पिङ हाल्ने ठाउँको अभाव हुनु र पिङका लागि आवश्यक लठारो अर्थात् बाबियाँको डोरीको समेत अभाव भएकाले पिङको सङ्ख्या कम हुँदै गएको कावासोती नगरपालिका–६ का ७५ वर्षीय प्रेम थापाले बताउनुभयो । दसैँको बेलामा प्रत्येक व्यक्तिले एक पटक जमिनबाट पाउ हटाउनै पर्ने मान्यताअनुसार परम्परादेखि नै पिङ खेल्ने गरिए पनि केही वर्षयता यस्ता पिङ देख्न पनि मुस्किल भएको उहाँको भनाइ छ ।

“वर्षको एकपटक जमिनबाट पाउ हटाउँदा पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक मान्यताअनुसार पिङ खेल्ने गरिए पनि पहिलाको जस्तो पिङ खेल्ने, दसैँमा रमाइलो गर्ने परम्परा हराउँदै गएको छ”, उहाँले भन्नुभयो । एकातिर बस्ती बाक्लिँदै जानु र अर्कोतर्फ मोबाइल इन्टरनेटको बढ्दो प्रयोगले पनि पिङ खेल्ने पुरानो परम्परा लोप हुँदै जान थालेको हो । दसैँ–तिहार झल्किने गरी गाउँ तथा टोलमा खेलिने लङ्गुर बुर्जा खेललाई कानुनी रुपमा अवैधानिक बनाएपछि यो खेल्ने परम्परा पनि लोप भएको छ ।

विशेषगरी पिङ खेल्ने परम्परा लोपोन्मुख अवस्थामा पुगेकाले अहिले सहरी क्षेत्रमा दसैँको वास्तविक रौनक हराउँदै जान थालेको छ । दसैँको परम्परागत रौनक हराउँदै गएर आधुनिक मनोरञ्जनका साधन थपिँदै जान थालेको र युवा पुस्तामा दसैँका नाममा तास र मदिराको कुलतको विकृति बढ्दै जानु चिन्ताको विषय बनेको पाकापुस्ताहरुको भनाइ छ । रासस