११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण

पर्यटकीय ‘सिजन’मै सुनसान मनाङ

पर्यटकीय ‘सिजन’मै सुनसान मनाङ
अ अ+ अ-

मनाङ।असोजको पहिलो सातादेखि हिमाली जिल्ला मनाङ विदेशी तथा स्वदेशी पर्यटकले भरिभराउ हुन्थे । अग्रिम बुकिङ गरी होटलमा बस्नसमेत ठाउँ नपाइने यतिबेलाको समयमा यसवर्ष मनाङ सुनसान छ ।

विदेशी पर्यटक विश्वकै १०औँ स्थानमा पर्ने अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ र मुस्ताङको सिमानास्थित थोराङ्ला भञ्ज्याङ, विश्वकै अग्लो स्थानमा अवस्थित तिलिचो तालको भ्रमण तथा हिमलुङ हिमाल, मनास्लु हिमाल अरोहण गर्न आउने गर्दथे । स्वदेशी पर्यटक भने चाडपर्वको समयमा लामो बिदामा मनाङलाई भ्रमणको गन्तव्य बनाएर पुग्ने गर्दथे । तर, पर्यटकको लर्को लाग्ने यस समयमा नै यसवर्ष सुनसान छ ।

यहाँको सौन्दर्यताले विदेशी पर्यटकलाई आकर्षण गर्दै यहाँको आयस्रोतले देशकै अर्थतन्त्रमा प्रभाव पार्दछ । तर, मुख्य पर्यटकीय समयमा नै पर्यटकको आगमन भएको छैन । विगतमा विदेशी पर्यटक खचाखच हुने भए पनि यसवर्ष जेनजी आन्दोलनले यहाँको पर्यटकीय क्षेत्रमा परेको प्रभावले देशको अर्थतन्त्रलाई नै असर गरेको प्रत्यक्ष बुझ्न सकिने पर्यटन व्यवसायी सङ्घका अध्यक्ष विनोद गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँका मुख्य आयस्रोत नै पर्यटन र कृषि हो, तर जेनजी आन्दोलनले देशमा नै पर्यटकको आगमन नहुँदा यसवर्ष मनाङमा पनि आउन सकेका छैनन्, यसले देशको अर्थतन्त्रमा नै ठूलो प्रभाव पार्ने देखिएको छ ।” आम्दानी नहुँदा देशलाई परेको नोक्सानलाई ‘रिकभर’ गर्न सकस हुने गुरुङको भनाइ छ । विशेषगरी मनाङको राजस्वले देशकै अर्थतन्त्रमा ठूलो भूमिका रहेको उहाँले बताउनुभयो ।

आन्दोलन अघिसम्म पर्यटकको आगमन र चामेमा रहेको तातोपानी कुण्डमा विदेशी पर्यटकको घुइँचो लाग्न थालेकामा अहिले सुनसान रहेको प्रमुख जिल्ला अधिकारी नवराज पौडेलले जानकारी दिनुभयो । पर्यटकले विस्तारै चामे छाड्दै गएपछि पछिल्ला दिनमा त्यो क्षेत्र पनि सुनसान भएको उहाँले बताउनुभयो । “गत हप्ता यहाँ पर्यटक खचाखच भएको थियो, अहिले त स्वेदशी, विदेशी पर्यटक कोही पनि भेटिँदैनन्”, प्रजिअ पौडेलले भन्नुभयो, “केही दिनअघिसम्म साँझपख तातोपानी कुण्डमा नुहाउने विदेशी पर्यटक टन्नै भेटिन्थे, तर केही दिनयता शून्य छ ।” पर्यटक शून्य हुनुमा जेनजी आन्दोलन र सडक सञ्जाल नै प्रमुख कारण भएको उहाँको भनाइ छ ।

विशेष गरी जेनजीको आन्दोलनको प्रभावका साथै मनाङ भित्रिने लमजुङ खण्डको बाटो हिलाम्मे हुनु र स्थलमार्गबाट काठमाडौँदेखि बेँसीसहर हुँदै मनाङ आउने पर्यटकलाई ठाउँठाउँमा पहिरोले गरेको अवरोध नै मुख्य कारण बनेको छ । चितवनमा गएको पहिरो र यातायात सञ्चालनमा परेको कठिनाइले गर्दा पनि यहाँ सुनसान बनेको छ ।

थोरै जनसङ्ख्या भएको मनाङमा आन्तरिक पर्यटकको पनि यस पटक आगमन नभएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलले बताउनुभयो ।

चाडपर्वका बेलामा घुम्ने परम्परा विकसित भएसँगै यहाँ आन्तरिक पर्यटक पनि वर्षा, पहिरो तथा जेनजी आन्दोलनको असरले आउन नसकेको उहाँको भनाइ छ । विगतका वर्षमा आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुने यहाँका होटेल यसपाली पर्यटकीय मौसमको सुरुमै सुनसान बनेको होटेल व्यवसायी फुर्वा लामाले बताउनुभयो । यहाँका बुकिङ भएका होटेल पनि रद्द भएका उहाँले जानकारी दिनुभयो ।

 जेनजी आन्दोलनको असर र दुई दिनमा उल्टिएको सत्ताले गर्दा विदेशी पर्यटक एकै चोटी ह्वात्तै घटेको नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङको तर्क छ । अध्यक्ष गुरुङले भन्नुभयो, “यसवर्ष सुनसान छ मनाङ, पर्यटक भित्रिने मुख्य प्रवेशद्वारका रूपमा मेरै गाउँपालिका पर्छ, गतवर्ष यति बेला बाटो हिँड्न पनि मुस्किल पथ्र्यो, अहिले विदेशी पर्यटक देखिएका छैनन् ।”

जिल्लामा भएका कर्मचारी पनि कार्यालय सहयोगीलाई कार्यालय कुर्ने जिम्मेवारी दिँदै दसैँ बिदामा घर फर्किसकेका छन् । यसले गर्दा मनाङ झनै सुनसान भएको छ । कर्मचारी मात्रै नभइ ९० प्रतिशत मनाङवासीको काठमाडौँ, पोखरा, चितवनलगायतका सहरमा घर तथा व्यापार व्यवसाय छ । उनीहरूका बालबच्चा सहरमा अध्ययन गर्छन् । जनप्रतिनिधि तथा व्यवसायी आफ्नो परिवारसँग बसेर चाडपर्व मनाउन सहर जाने गर्दछन् । यसले गर्दा पनि गाउँ सुनसान हुँदै गएको छ ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले आफू पनि परिवारका साथ चाडपर्व मान्न काठमाडौँतिर लागेको बताउनुभयो । अध्यक्ष लामाले पनि जेनजी आन्दोलनले गर्दा यहाँको पर्यटनमा असर परेको बताउनुभयो । सुस्ताएको पर्यटन व्यवसायलाई उठाउने प्रयासमा सरकारको ध्यानाकर्षण हुनुपर्नेमा स्थानीयको माग छ । मनाङ देशकै पहिलो वैदेशिक व्यापारिकसम्बन्ध कायम गर्ने भएकाले यस्ता कार्यमा मनाङवासी चिन्तित बनेका छन् । रासस