१४ श्रावण २०८३, बिहीबार
,
Latest
फिर्केखोलाका संरचना हटाउन पोखरा महानगरको ताकेता बालेनलाई काँग्रेसले सोध्यो–पद बदलिएपछि मन बदलियो कि व्यवहार ? सुनको मूल्य बढ्यो, चाँदीको घट्यो स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेल नियुक्त केराको मूल्यवृद्धि भयो, बजार अनुगमन गर्नुपर्यो : केरा उत्पादक सङ्घ राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज, समसामयिक सुरक्षा अवस्थाबारे छलफल हुने सप्तरीमा नयाँ ३३/११ केभी सबस्टेसन सञ्चालनमा, १५ हजार उपभोक्ता लाभान्वित हुने माग प्रमाणीकरणमा नयाँ व्यवस्था, वैदेशिक रोजगारीमा जाने श्रमिकको कामको विस्तृत विवरण अनिवार्य ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम राष्ट्रपति पौडेल र सभामुख आर्यालबीच भेट, राजनीतिक अवस्था र संसदीय गतिविधिबारे छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा कोदोखेती गर्ने किसान घट्दै



अ+ अ-

जुम्ला, १५ असोजः यहाँ पछिल्लो समय कोदोखेतीप्रति किसानको आकर्षण घटेको छ । बजारमा कोदोको पिठोको माग उच्च भए पनि खेती गर्नेको सङ्ख्या विस्तारै घट्ने क्रममा रहेको तिला गाउँपालिका–१ का स्थानीय पदम बुढाले जानकारी दिए।

कोदोको उत्पादन वृद्धि, खेती विस्तार तथा उपभोगलाई बढाउने लक्ष्यसहित यहाँका स्थानीय तहको ध्यान जान सकेको छैन । लोपउन्मुख बनेको कोदोेखेतीलाई प्रवद्र्धन गर्न सम्बन्धित निकायको कुनै चासो नगएको बुढाको भनाइ छ । यहाँका गाउँघरमा कोदोखेतीतर्फ किसानको आकर्षण बढेको छैन । तरकारी र नगदेबालीमा किसानले महत्व दिएर खेती गरिरहेका छन् ।

कोदोखेतीमा किसान आकर्षित हुन सकेका छैनन् । विशेषगरी यहाँको तिला, हिमा, सिञ्जा, पातारासी र तातोपानी गाउँपालिकाका किसानले कोदोखेती गर्न थालेका छन् । स्वास्थ्यका दृष्टिले लाभदायी मात्र नभइ राम्रो मूल्य पाइने भएकाले किसान यसतर्फ आकर्षित हुन नसक्नु यो राम्रो पक्ष होइन जुम्ला सदरमुकाम खलङ्गा बजार जैविक पसल सञ्चालनमा ल्याएका स्थानीय व्यापारी अर्जुन बुढाले बताए ।

अहिले कोदोको पिठो प्रतिकिलो रु दुई २०० ले बिक्री हुने गरेको छ । कोदोको पिठो विशेषगरी आन्तरिक पर्यटकको रोजाइमा पर्न गएको छ । बजारमा अत्यधिक माग हुने गरेको स्थानीय व्यापारी बुढाको भनाइ छ । जिल्लामा उत्पादित रैथाने बाली पछिल्ला वर्षमा लोप हुँदै गएकाप्रति यहाँका किसानले चिन्ता गरेका छन् ।

खेतीयोग्य जमिनमा रैथाने बाली हराउन थालेको छ । अहिले कृषि पेसामा युवा जनशक्तिको आकर्षण छैन । परम्परागतरूपमा खेती गर्ने पाका पुस्ताले मात्र रैथाने बाली लगाउँदै आएका छन् । पुराना अन्नबाली उत्पादनमा युवाको चासो नै छैन ।रासस