२३ असार २०८३, मंगलवार
,
Latest
अर्थ मन्त्रालयले मलका लागि बजेटको अभाव नहुने आश्वासन दिएको छः कृषिमन्त्री चौधरी बजारमा देखिएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकार सक्रिय छः उद्योगमन्त्री दृष्टिविहीन समुदायको आन्दोलन वार्तापछि स्थगित, माग सम्बोधनका लागि अन्तरमन्त्रालय समन्वय गर्ने सहमति मूर्तिको गैरकानुनी निकासी रोकथाम गर्न दुईदिने अभिमुखीकरण कर्णालीका सबै पालिका र जिल्ला सदरमुकाम जोड्ने सडक तीन वर्षभित्र ‘डबल लेन’ बनाइने युएई सरकारद्वारा १११ नेपाली नागरिकलाई आममाफी राष्ट्रिय सभा शुन्य समयः जनसुरक्षा, सुशासन र विकासका मुद्दामा सरकारको ध्यानाकर्षण हेटौँडा कपडा उद्योग केही महिनाभित्रै सञ्चालनमा आउँछः मन्त्री कुमारी बेरुजु उपसमिति गठनमा सहमति नजुट्दा लेखा समितिको बैठक स्थगित दुई प्रदेशमा अपेक्षाअनुसार वर्षा हुन सकेनः मौसमविद्
तपाईं के खोज्दै हुनुहुन्छ ?

जुम्लामा कोदोखेती गर्ने किसान घट्दै



अ+ अ-

जुम्ला, १५ असोजः यहाँ पछिल्लो समय कोदोखेतीप्रति किसानको आकर्षण घटेको छ । बजारमा कोदोको पिठोको माग उच्च भए पनि खेती गर्नेको सङ्ख्या विस्तारै घट्ने क्रममा रहेको तिला गाउँपालिका–१ का स्थानीय पदम बुढाले जानकारी दिए।

कोदोको उत्पादन वृद्धि, खेती विस्तार तथा उपभोगलाई बढाउने लक्ष्यसहित यहाँका स्थानीय तहको ध्यान जान सकेको छैन । लोपउन्मुख बनेको कोदोेखेतीलाई प्रवद्र्धन गर्न सम्बन्धित निकायको कुनै चासो नगएको बुढाको भनाइ छ । यहाँका गाउँघरमा कोदोखेतीतर्फ किसानको आकर्षण बढेको छैन । तरकारी र नगदेबालीमा किसानले महत्व दिएर खेती गरिरहेका छन् ।

कोदोखेतीमा किसान आकर्षित हुन सकेका छैनन् । विशेषगरी यहाँको तिला, हिमा, सिञ्जा, पातारासी र तातोपानी गाउँपालिकाका किसानले कोदोखेती गर्न थालेका छन् । स्वास्थ्यका दृष्टिले लाभदायी मात्र नभइ राम्रो मूल्य पाइने भएकाले किसान यसतर्फ आकर्षित हुन नसक्नु यो राम्रो पक्ष होइन जुम्ला सदरमुकाम खलङ्गा बजार जैविक पसल सञ्चालनमा ल्याएका स्थानीय व्यापारी अर्जुन बुढाले बताए ।

अहिले कोदोको पिठो प्रतिकिलो रु दुई २०० ले बिक्री हुने गरेको छ । कोदोको पिठो विशेषगरी आन्तरिक पर्यटकको रोजाइमा पर्न गएको छ । बजारमा अत्यधिक माग हुने गरेको स्थानीय व्यापारी बुढाको भनाइ छ । जिल्लामा उत्पादित रैथाने बाली पछिल्ला वर्षमा लोप हुँदै गएकाप्रति यहाँका किसानले चिन्ता गरेका छन् ।

खेतीयोग्य जमिनमा रैथाने बाली हराउन थालेको छ । अहिले कृषि पेसामा युवा जनशक्तिको आकर्षण छैन । परम्परागतरूपमा खेती गर्ने पाका पुस्ताले मात्र रैथाने बाली लगाउँदै आएका छन् । पुराना अन्नबाली उत्पादनमा युवाको चासो नै छैन ।रासस