१४ श्रावण २०८३, बिहीबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसको ठक्करबाट एकको मृत्यु, विरोधमा राजमार्ग अवरुद्ध



अ+ अ-

बैतडी। बसको ठक्करबाट आज यहाँ एक महिलाको मृत्यु भएको छ ।

दशरथचन्द नगरपालिका—२ देहिमाडौँस्थित निङ्गलाशैनी मन्दिरमा लागेको जात्रा हेरेर फर्किने क्रममा बसको ठक्करबाट वडा नं १ गुरूखोला निवासी ३३ वर्षीया भागरथी लुहारको मृत्युभएको हो ।

जात्राबाट फर्किने क्रममा दशरथचन्द राजमार्गअन्तरर्गत गुरुखोलामा महाकाली यातायातको सु प प्र ०२००१ ख १०१७ नंको बसले ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब उपरीक्षक दिपककुमार रायले जानकारी दिनुभयो ।

घटनाको विरोधमा मृतकका आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध गरेका र सहमतिका लागि प्रहरी निरीक्षक बलराम पाण्डेय नेतृत्वको टोली घटनास्थल पुगेको जनाइएको छ ।