१३ असार २०८३, शनिबार
,
Latest
आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य म्यानमारद्वारा ६० करोड अमेरिकी डलरभन्दा बढी मूल्यको लागुऔषध नष्ट रास्वपाको महाधिवेशन सम्पन्नः सभापति लामिछानेद्वारा परिपक्व राजनीतिको प्रतिवद्धता चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुकेर बसेका भारतीयको परीक्षण



अ+ अ-

गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा लुकेर बसेको अवस्थामा १२ भारतीय इस्लाम नागरिकलाई मङ्गलबार प्रहरीले नियन्त्रणमा लिएर स्वाब परीक्षणको तयारी गरेको छ । उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईका अनुसार भुल्केस्थित मस्जिदमा लुकेर केही भारतीय नागरिक बसेको सूचना आएपछि नियन्त्रणमा लिएर स्वाब परीक्षणको तयारी गरिएको भट्टराईले बताए ।

भुल्केका मनिर मियाँ केही महिनाअघि भारतको राजधानी दिल्लीस्थित निजामुद्दिन मस्कज मस्जिद धार्मिकसभामा भाग लिएर आएसँगै ती व्यक्ति पनि आएको स्थानीयवासी बताउँछन् । उदयपुरको त्रियुगा नगरपालिकाको गाइघाट जामे मस्जिदसहित त्रियुगा नगरपालिकाको देउरीसहितका विभिन्न मस्जिदमा समेत भारतीय नागरिक लुकेर बसेको हुनसक्ने आशङ्कामा प्रशासनले अनुसन्धान शुरु गरेको सहायक प्रजिअ भट्टराईले बताए ।