१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षामन्त्री पुनसँग जेनजी आन्दोलनका घाइतेले भनेः हामीले देशका लागि रगत बगाएका हौँँ, माग पूरा हुनुपर्छ



अ+ अ-

काठमाडौँ । अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेन—जी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई ट्रमा सेन्टरमा पुगेर भेट गर्नुभएको छ ।

शनिवार मन्त्री पुनले ट्रमा सेन्टरमा पुगेर घाइतेहरुको स्वास्थ्यअवस्थाबारे जानकारी लिनुभएको हो । उहाँले स्वास्थ्य उपचार राम्रो रहेको पाएको र कसैले पनि स्वास्थ्य उपचारबारे गुनासो नगरेको बताउनु भयो ।

उहाँले घाइतेहरुले आफ्ना मागहरु पूरा हुुनपर्नेमा चिन्ता व्यक्त गरेको बताउनु भयो । आफूहरु देशका लागि लडेको, देशका लागि रगत बगाएको घाइतेहरुले बताएको भन्दै मन्त्री पुनले शरीरको चिन्ता भन्दा पनि माग पूरा हुन्छ की हुँदैन र भविष्यमा के हुन्छ ? भन्नै चिन्ता घाइतेहरुमा रहेको पाएको बताउनु भयो । प्रत्यक्ष निर्वाचित कार्यकारी अहिलेको स्थितिमा के हुन्छ भन्न नसकिने भन्दै राजनीतिमा कुनैपनि बेला फरक स्थिति बनिदिने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘बिरामीहरुको माग मुद्दाहरु नै जेन जी आन्दोलनको माग मुद्दा हो । हामी देशको लागि लडेका हौँ । हामीले देशका लागि रगत बगाएका हौँ । हाम्रो माग पूरा हुनुपर्छ भन्ने किसिमको छ । स्वास्थ्य उपचार राम्रो भएको छ । ठिकै छ । शरीरको चिन्ता भन्दा पनि माग पूरा हुन्छ की हुँदैन, भविष्यमा के हुन्छ ? भन्ने छ । कुनै बिरामीले पनि उपचार पाएन भनेर कम्प्लेन गरेको पाइँन । प्रत्यक्ष निर्वाचित भनेको अहिलेको स्थितिमा के हुन्छ भन्न सकिँदैन । यो राजनीति हो । अहिलेको आन्दोलन हो । माग सबैलाई थाहा छ । अहिले गर्न सकिँदैन भन्नेकुरा आइरहेको छ । परिस्थिति कुन बेला के हुन्छ, त्यो थाहा छैन ।’

गत भदौ २३ र २४ गते भएको जेन जी पुस्ताको आन्दोलनमा ७४ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । घाइतेको उपचार जारी छ । ट्रमा सेन्टरमा उपचाररत जेन जी घाइतेमध्ये १ जनामात्रै आइसियुमा रहेको र अरु खतरामुक्त रहेको पाएको मन्त्री पुनले बताउनु भयो ।