८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

जेन—जी आन्दोलनले नेपालको पर्यटन क्षेत्रको मनोबल घटायोः पर्यटन बोर्ड

जेन—जी आन्दोलनले नेपालको पर्यटन क्षेत्रको मनोबल घटायोः पर्यटन बोर्ड
अ+ अ-

काठमाडौँ । नेपाल पर्यटन बोर्डले जेन—जी आन्दोलनले नेपालमा पर्यटन क्षेत्रको मनोबल घटाएको बताएको छ ।

नेपाल पर्यटक बोर्डले सो आन्दोलनमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनाले नेपालको पर्यटक क्षेत्रको मनोबल घटाएको जानकारी दिएको हो ।

विश्व पर्यटन दिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सो आन्दोलनका क्रममा तत्काल गत वर्षको तुलनामा पर्यटकको आगमनमा ४५ प्रतिशतले कमी आएको तथ्यांक सार्वजनिक गर्नुभयो । उहाँले गत वर्ष असोजको पहिलो हप्ता पर्यटकको संख्या ३३/३४ सय भएकोमा यस वर्ष जेनजी आन्दोलनको कारण त्यो संख्या घटेर १६ सय पुगेको उल्लेख गर्नुभयो । तर अब थप अरु दुर्घटना नभएको त्यसमा सुधार आउने पर्यटन बोर्डको आँकलन छ ।

प्रमुख कार्यकारी अधिकृत जोशीले भन्नुभयो, ‘यो भदौ २३ र २४ गते जुन आन्दोलन भयो । अलिकति आगजनीका घटनाहरुका कारण पर्यटक आगमनको संख्यामा कमी भयो । त्यसले ठ्याक्कै सिजन शुरु हुँदै गर्दा हामीलाई अलिकति मनोबल खस्काएको अवस्था छ । यहाँहरुलाई जानकारी गराउन पर्दाखेरी सेप्टेम्बरमा हाम्रो एभरेजमा करिव करिव ३३/३४ सय पर्यटकहरु प्रतिदिन आगमन हुन्थ्यो । र, यसको पहिलो हप्ता करिव करिव ३ हजार माथि नै हाम्रो पर्यटकको आगमन संख्या थियो । यो घटनाको दौरान यो हप्तामा त्यो घटेर १६ सय जस्तो पुगेको छ । जुन चाँही करिव ४५ प्रतिशतले डाउन देखिन्छ । पछिल्लो हप्तामा २३ सय जस्तो छ भने अहिले पछिल्लो हप्तामा २ हजार ९ सय भिजिटर्स भएको छ । अव फेरी असहज अवस्था भएन भने हामी रिकभरीतर्फ छौ जस्तो देखिन्छ । यहीबीचमा पर्यटक बोर्ड, सरकारी निकाय, निजी क्षेत्र, विजनेश हाउसहरुबाट एउटा गतिशील म्यासेज दिने काम भएको छ । नेपालमा आउनका लागि पर्यटकलाई म्यासेज दिने काम गरिएको हो ।’

पर्यटन बोर्डले नेपालमा पर्यटन भित्र्याउनका लागि सही सूचना दिने प्रणालीलाई प्रभावकारी बनाइएको पनि दाबी गरेको छ । प्रमुख कार्यकारी अधिकृत जोशीले सूचना प्रणालीको राम्रो व्यवस्थापन गरेर पर्यटकलाई दिगो रुपमा नेपाल भित्र्याउने कामलाई सघन ढंगले अघि बढाइएको बताउनु भयो । त्यसका लागि सरकारी र निजी क्षेत्र दुवैले संयुक्त रुपमा पहल गर्नुपर्ने उहाँको भनाई छ ।