४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले सुपर ओभरमा श्रीलंकालाई हरायो



अ+ अ-

काठमाडौं। एसिया कप टी–२० सुपर फोरको अन्तिम खेलमा भारतले श्रीलंकामाथि रोमाञ्चक जित हात पारेको छ। निर्धारित २० ओभरमा दुवै टोलीले समान २०२ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो।

भारतका लागि अभिषेक शर्माले ३१ बलमा आठ चौका र दुई छक्कासहित ६१ रन बनाए भने तिलक वर्माले नटआउट ४९ रनको योगदान दिए।

श्रीलंकातर्फ पथुम निस्सान्काले ५८ बलमा सात चौका र छ छक्कासहित शतक प्रहार गरे (१०७ रन), भने कुसल परेराले ३२ बलमा ५८ रन बनाए।

तर, सुपर ओभरमा श्रीलंका दबाबमा पर्‍यो र दुई विकेट गुमाउँदै मात्र दुई रन जोड्न सक्यो। भारतले सजिलो लक्ष्य पाएको थियो। जसलाई कप्तान सूर्यकुमार यादवले पहिलो बलमै तीन रन जोडी जित सुनिश्चित गरे।

आइतबार हुने फाइनलमा अब भारत र पाकिस्तानबीच ऐतिहासिक भिडन्त हुनेछ।