५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापतिबाट फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण



RH
अ+ अ-

काठमाडौँ। नेपालीहरूको महान् चाड बडादशैँ २०८२ को अवसरमा नेपाली सेनाद्वारा मिति १३ आश्विनमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम तयारीको निरीक्षण प्रधान सेनापति महारथी अशोक राज सिग्देलले आज (१० आश्विन) सम्पन्न गर्नुभएको छ।

निरीक्षणपछि प्रधान सेनापतिले हवाई सुरक्षा तालिम शिक्षालयलाई युनिट झण्डा हस्तान्तरण गर्नुभएको थियो। साथै, आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरिएको युद्धकार्य तयारीपन निरीक्षण–२०८१ तथा विभिन्न युद्धकार्य र पेसागत प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने फर्मेशन र युनिटहरूलाई पुरस्कार तथा कदरपत्र प्रदान गरिएको थियो।

उक्त अन्तिम निरीक्षण कार्यक्रममा रथीवृन्द, सकलदर्जा, सैनिक परिवारका सदस्य तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

RH